थपलियालाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

Share it with you friends

धादिङ । नेकपा एमालेबाट धादिङ क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार इन्जिनियर गजेन्द्रप्रसाद थपलियाको परिवारलाई नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाई समवेदना व्यक्त गर्नुभएको छ । नेकपा एमालेका स्थायी समिति सदस्य एवम् वागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको नेतृत्वमा एमाले नेताहरुको टोलीले वुधवार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ परेवाटार स्थित थपलियाको घरमा पुगेर थपलिया परिवारलाई पार्टी अध्यक्ष ओलीको लिखित समवेदना पत्र बुझाएको हो । सो टोलीमा नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेंल, आयोगका सदस्य मिनराज कँडेल, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव लक्ष्मण शर्मा, ओलीका सञ्चार विज्ञ चेतन अधिकारी, एमाले वागमती प्रदेश कमिटी सदस्य धुव्र विक लगायतका नेताहरुको सहभागिता थियो ।


इन्जिनियर गजेन्द्र थपलिया ओली प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीका विकास विज्ञ सल्लाहकारको भूमिकामा रहनुभएको थियो । गजेन्द्र प्रदेशका आर्थिक मामिला मन्त्री एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जमकट्टेल संग चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । जमकट्टेलले पनि केही दिन अघि थपलियाको घरमै पुगेर बुबाको निधन प्रति समवेदना व्यक्त गर्नुभएको थियो । थपलियाको अनुपस्थितीमा नेकपा एमालेका नेता कार्यकर्ताले गाउँ गाउँमा पुगेर उहाको पक्षमा चुनावी माहोल बनाउँदै भोट मागिरहेका छन । बुबाको निधन पछि शोकमा रहेका थपलियाले मतदातालाई चुनाव अघि भेट्न नसके पनि चुनावपछि घर घरमा पुगेर भेट्ने बताएका बताउनुभएको छ । थपलियाका बुबा शिबप्रसाद अधिकारीको ८८ बर्षको उमेरमा यही कार्तिक १६ गते निधन भएको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते