थाक्रे गाउँपालिकाले मनायाे भव्यताकाे साथ संविधान दिवश

Share it with you friends

धादिङ  जिल्लामा रहेकाे थाक्रे गाउँपालिकाले संविधान  दिबस भव्यताकाे साथ मनाएकाे छ । थाक्रे गाउँपालिकामा एक कार्यक्रमकाे आयाेजना गरी कार्यक्रम भव्यताकाे साथ मनाएकाे हाे । संविधान  दिवसकै अवसर पारेर गाउँपालिकाले पालिका क्षेत्रलाइ माध्यामिक स्तरसम्म अनिवार्य र  निशुल्क क्षेत्र घाेषणा गरेकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष पुष्प कडेंलले राज्यले संविधानमा मा नै माैलिक हककाे रूपमा  लिएकाे शिक्षा क्षेत्रलाइ स्थानिय तह प्राथामिकताका साथ काम गर्नु महत्वपूर्ण रहेकाे धारणा व्यक्त गर्नुभयाे । स्थानिय तहका सरकारहरू केन्द्र सरकारकाे दुतकाे रूपमा समेत रहेकाे बताउदै कडेंलले स्थानिय तहका सरकारले जनतालाइ निराश बनाउन नहुने धारणा व्यक्त गर्नुभयाे । नेपालमा छिटाेछिटाे राजनैतिक परिवर्तन हुने गरेकाे स्मरण गर्दै २ तिहाइकाे सरकारले जनअपेक्षा अनुरूप काम गर्नुपर्ने उहाँकाे धारणा छ । 

 

कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रे गाउँपालिकाका बिकास  निर्माणकाे सवालमा सवै पक्षसगँ सहकार्य गरेर जाने वताउनुभयाे । जननिर्बाचित सरकार भएकाले जनताका इच्छा र चाहाना बमाेजिम काम गर्ने बताउदै कहिँ कतै कमजाेरी भएकाे भए त्यसलाइ सच्चाएर अघि बढने उहाँकाे भनाइ  थियाे । याे समय सिक्ने र सिकेकाे कुरालाइ ब्यावहारमा उतार्ने समय भएकाे भन्दै जनचाहाना अनुसार काम गर्नकाे लागी सबै पक्षलाइ सहयाेगकाे लागी आग्रह गर्नुभयाे । फरक मत राख्न पनि निश्चित बिधि हुने भन्दै बिराेधकाे लागी मात्र बिराेध नगर्न उहाँले आग्रह गर्नुभयाे ।

गाउँपालिका उपाध्यक्ष अम्विका रूपाखेतीले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष अविभावक रहनुभएकाे कक्षा ७ की छात्रा दिव्या श्रेष्ठलाइ नगद रू ५ हजार समेत प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रेग्मी, नेकपा ३ नम्वर प्रदेश कमिटि सदस्य दिपक लामिछाने, नेकपा थाक्रेका अध्यक्ष कृष्ण पन्त, गैसस महासघंका केन्द्रीय सदस्य गाेकर्ण रूपाखेती लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

 

 

 

  • Related Posts

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    धुनिबेशी नगरपालिका वडा नं ५ मा ३९० घण्टे सिलाई कटाई तालिम सुरूआत भएको छ। धुनिबेशी नगरपालिकाको आर्थिक सहयोग तथा महिला अभियान केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो।वडा नं…

    अण्डाको मूल्य बढ्यो

    नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 3 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 7 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 6 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 7 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 5 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 7 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो