थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

Share it with you friends

धादिङ: थाक्रे गाउँपालिकाद्वारा सञ्चालित महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजना अन्तर्गत वार्षिक समीक्षा कार्यक्रम धार्केस्थित पाथिभरा होटलमा सम्पन्न भएको छ।
कार्यक्रममा थाक्रे गाउँपालिकाका वडा नं. ८, ९ र १० का प्रत्येक महिला आत्मनिर्भर समूहबाट ५/५ जनाका दरले प्रतिनिधिहरूको सहभागिता रहेको थियोकार्यक्रममा परियोजनाअन्तर्गत वर्षभरि सञ्चालन भएका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको उपस्थिति रहेको थियो। साथै पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, वडा नं. २ का वडा अध्यक्ष टिकाराम तामाङ तथा वडा नं. ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यलगायत जनप्रतिनिधि, महिला समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले महिला आत्मनिर्भर समूहहरूले स्थानीय स्तरमा आर्थिक, सामाजिक तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा महिलाको आयआर्जन, उद्यमशीलता तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमले महिला आत्मनिर्भर समूहबीच अनुभव आदान–प्रदान, संस्थागत विकास तथा आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निष्कर्षसहित समापन भएको आयोजकले जनाएको

  • Related Posts

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा आयोजित बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविरबाट ६ सय ४१ जना लाभान्वित भएका छन्। धुनिवेशी नगरपालिका र स्वास्थ्य सहयोग नेपाल गुठीको संयुक्त आयोजनामा नौबिसे स्वास्थ्य चौकीमा शनिबार…

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीद्धारा प्रस्तुत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    • By Upendra Adhikari
    • १६ असार २०८३, मंगलवार ०९:५८
    • 1 views
    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    • By Upendra Adhikari
    • १४ असार २०८३, आईतवार १०:३०
    • 3 views
    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 5 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 5 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 18 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 16 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न