दशैका लागी सञ्चालित सहुलियत पसलमा कति छुट ?

Share it with you friends

२३ भदौ २०७६, सोमबार ।

दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर सोमबार देखि सहुलियत पसल सञ्चालनमा आउँदैछ । काठमाण्डौ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल कात्तिक १६ गतेसम्म चल्नेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी)ले सहुलियतमा सामान उपलब्ध गराउने छन् । काठमाण्डौमा कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन हुनेछ । उपत्यका बाहिरका जिल्लामा नेपाल खाद्य संस्थान र साल्ट्र टेडिङ कर्पोरेसनको कार्यालयबाट सुपथ मूल्यमा दैनिक उपभोग्यका सामान वितरण गरिने वाणिज्य विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकाबाहिर विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर हेटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवटलमा गरी ११ ठाउँमा बिक्री कक्ष राख्ने तयारी छ ।

सहुलियत पसलमा कुन सामानमा कति छुट ?

नुन प्रतिकेजी–२ रुपैयाँ
चिनी प्रतिकेजी–५ रुपैयाँ
चामल मोटा प्रतिकेजी–५ रुपैयाँ
मसिना चामल–१० रुपैयाँ
घ्यू प्रतिकेजी–५० रुपैयाँ
गेडागुडी प्रतिकेजी–१० रुपैयाँ
खसीबोका प्रतिकेजी–१० रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *