देशभरका कुन सडक खुल्ला, कुन सडक अवरूद्द ? (विवरण सहित)

Share it with you friends

लगातरको वर्षाका कारण देशभरका अधिकांश सडक अवरुद्ध भएका छन्। काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गको माैवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ।

हेटौँडा कुलेखानी सडक पनि पूर्णरुपमा बन्द भएको छ भने हेटौँडा-नौबिसे-काठमाडौं सडक संचालनमा रहेको सडक विभागले जानकारी दिएको छ। अरनिको रार्जमार्ग बन्द छ भने बिपी राजमार्ग सञ्चालनमै रहेकाे सडक विभागमका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयाे।

‘सोमबार बिहानदेखि बन्द भएको पृथ्वी राजमार्ग मंगलबार पनि खुल्ने अवस्था छैन। पानी रोकिएको अवस्थामा बुधबारसम्ममा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन सकिने सडक विभागले जनाएकाे छ । मुग्लिन-नारायणगढ सडकखण्डमा पनि पहिरोले सडक अवरोध गरेको छ। सो खण्डको सडक मंगलबारसम्म संचालनमा आउन सक्ने भएपनि मौवाखोलाको पुलमा भएको क्षतिका कारण राजधानीसम्म आवतजावत हुन सक्ने अवस्था छैन।

यसैगरी त्रिभुवन राजपथमा पनि स–साना समस्या भएपनि खुल्ला नै छ। बिपी राजमार्गमा पनि स–साना पहिरो खस्ने क्रम जारी भएपनि खुलाउने काम भइरहेको छ। तर, पाल्पा–तानसेन–बुटबल सडक भने आइतबारदेखि नै बन्द छ। पोखरा-मुग्लिन सडक भने सञ्चालनमै छ। सञ्चालनमा रहका सडकमा पनि स–साना पहिरो भने खस्ने क्रम रोकिएको छैन।

अछामको साँफेबगरबाट बाजुराको मार्तडी जाने सडकमा पनि पहिरोले क्षति पुर्‍याएको छ भने सुर्खेत-जुम्ला सडक अवरुद्ध भएको छ। पहिरो हटाउनमात्रै अहिले १ सय ९८ वटा मेसिन प्रयोग भएको शर्मा बताउँछन्। विभागले अहिले देशभरको सडक अवरोध खुलाउन र तत्कालको मर्मतका लागि आवश्यक रकम अभाव  हुन नदिने गरी काम गरिरहेका उहाँले जानकारी दिनुभयाे।

(तस्बिर: रासस)

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते