धादिङ–१ (२) का एमाले उम्मेदवार थपलिया घरदैलोमा

Share it with you friends

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ का नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलिया पहिलो पटक चुनावी घरदैलोमा निस्किएका छन् । बुबाको मृत्युपछि १३ दिनको काम सकेर मंगलबारबाट औपचारिक घरदैलोमा निस्किएका हुन् ।

धादिङ र चितवनको सिमाना मौवाखोलाबाट घरदैला कार्यक्रम सुरु गरेका थपलियाले साँझसम्म गजुरीबजार आसपासका मतदातासँग भेटघाट गरेका छन् । आफु समयमै घरदैलोमा आउन नपाएको बाध्यता सुनाउँदै थपलियाले मौवाखोला, चरौदी, रिचोकटार, मलेखुमा कोणसभा गरेका छन् ।

पृथ्वी राजमार्ग आसपासका मतदातासँगको भेटघाट र कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार थपलियाले राजमार्ग आसपासमा आइपर्ने विपद व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताए । राजमार्ग क्षेत्रमा आइपर्ने विपदको स्थायी समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पहिलो पटक निर्वाचनमा होमिएका थपलिया केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार थिए ।

खेम लोहनी दिनभर आफ्नै जन्मथलोतिर व्यस्त
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले मंगलबार आफ्नै वडा र पालिकाका मतदातासँग भेटघाट गरेका छन् ।

ज्वालामुखी गाउँपालिका वडा नं ६ चैनपुर पुगेका लोहनीले राष्ट्रका मागहरू सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, देशलाई विकासको मार्गमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताए । ‘शिक्षा, स्वास्थ्य लगायत जनतालाई सुखी र समृद्ध बनाउन एमाले नै अहिलेको आवश्यकता हो, एमालेको विचार, नीति र सिद्धान्तबाटै मुलुकको समृद्धि सम्भव छ भन्ने कुरा जनताले बुझेको छ’, उनले भने ।
कार्यक्रममा क्षेत्र नं २ को प्रदेशसभा २ का उमेदवार डा.रामकुमार अधिकारी, एमाले धादिङको जिल्ला तहका नेताहरुसहभागी थिए ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 5 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 4 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा