धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर दुर्घटना ।

Share it with you friends


धादिङ असोज २६ । धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका (१०, भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको ट्रिपर अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर उद्धव पोखरेलले जानकारी दिनुभयो । दुर्घटनामा तीन जना घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा थाक्रे १० का सोम माया तामाङ, सावित्री तामाङ र महेश तामाङ रहेका छन भने घाईते हुनेमा गोथे भनिने हरेन्द्र तामाङ माईला तामाङ र ३ बर्षका एक बालक रहेका छन ।
सामान लिएर चकमके तर्फ जाँदै गरेको ट्रिपर सडक बाट पल्टेर करिव ३०० मिटर तल पुगेको स्थानिय बासी जनक पण्डितले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *