धादिङमा अन्तराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा र्याली र ग्रामिण महिला प्रर्वद्धनात्मक कार्यक्रम (फोटोफिचर समेत)

Share it with you friends

भरतप्रसाद रेग्मि कार्तिक १२, धार्के धादिङ । धादिङ को धुनिबेसी नगरपालिका वडा नं.६ धार्के बजारमा ११ औँ अन्तराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा र्याली र ग्रामिण महिला प्रर्वद्धनात्मक कार्यक्रम गरिएको छ ।
कृषि रेडियो धादिङ र राष्ट्रिय कृषक समुह महासंघ नेपाल को संयूक्त आयोजनामा गरिएको कार्यक्रममा कृषि रेडियो सञ्चालक समितिका अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा वोल्दै धुनिवेशी नगरपालिकाका मेयर वालकृष्ण आचार्यले धुनिवेशी नगरपालिकाले ग्रामिण महिलाहरुको शशक्तिकरणको लागि विभिन्न आयोजनाहरु सञ्चालन गरेको जानकारी गराउदै सहकारीमा आवद्ध महिलाहरुले विकास निर्माणको काममा नेतृत्व लिनका लागी अनुरोध गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा वोल्दै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रे गाउँपालिकाले स्थानिय स्तरमा महिलाहरुको सचेतना र नेतृत्व विकासका लागि महत्वपूर्ण काम गरेको जानकारी दिदै महिला किसानहरुको हितमा विभिन्न काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


धार्के वजारमा प्रभातफेरी सहित आयोजना गरिएको कार्यक्रममा धुनिवेशी नगरपालिकाका उपमेयर निरु खरेलले धुनिवेशी नगरपालिकाले महिलाको विषयमा गरिरहेको कामहरुको वारेमा जानकारी गराउनुभएको थियो भने थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्विका रुपाखेतीले थाक्रे गाउँपालिकाले गरिरहेको कामहरुको वारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सानाकिसान कृषि सहकारी संस्था नौविसे, कालिदेवि महिला विकास बहुउद्देश्यीय सहकारी संस्था नौविसे, महिला सानाकिसान कृषि सहकारी संस्था केवलपुर, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था थाक्रे, आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था धार्के, सरस्वती महिला बचत तथा ऋण सहकारी संस्था थाक्रे र उत्प्रेरण महिला कृषि सहकारी संस्थाका अध्यक्ष एवम प्रवन्धकहरुले सहकारीले महिलामा केन्द्रीत भएर गरिरहेका कामहरुको वारेमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रममा वचत तथा ऋण सहकारी संघ धादिङका सदस्य रामचन्द्र आचार्य खाद्य अधिकार जिल्ला सञ्जाल धादिङका संयोजक गोकर्ण रुपाखेती लगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा राष्ट्रिय कृषक समुह महासघँका अध्यक्ष उद्धव अधिकारीले कार्यक्रम आयोजनाको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।


कृषि उत्पादनमा योगदान , ग्रामिण महिलाको सम्मान भन्ने मुल नारा सहित धुनिबेसी नगरपालिकाको धार्के बजारमा निकालिएको ¥यालीमा तथा प्रर्वद्धनात्मक कार्यक्रममा धुनिबेसी नगरपालिका र थाक्रे गाँउपालिका का करिब ३०० ग्रामिण महिला हरुको उपस्थिती रहेको थियो ।

 

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 7 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 10 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 11 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु