धादिङमा जेठ २२ गतेसम्म निषेधाज्ञा लम्बियो (निर्णयसहित)

Share it with you friends

१४ जेष्ठ २०७८, शुक्रबार ।

धादिङमा जेठ २२ गतेसम्म निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको कोभिड व्यवस्थापन समिति (म्ऋऋःऋ) को बैठकले जेठ २२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो। गत बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ । बैठकले निषेधाज्ञा अवधीभर सुर्ती, चुरोट र मदिराजन्य उत्पादनहरु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न र विक्रि वितरण गर्न रोक लगाउने लगाएतका बिभिन्न निर्णय गरेको छ ।

मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँड्नेलाई एक सय र निषेधाज्ञाका बेला विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । कसैले उक्त अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने, अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने जनाईएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवामा संलग्न हुने कर्मचारीलाई आइतवारदेखि विहिवारसम्म विहान ९ देखि १० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म, शुक्रवार विहान ९ देखि १० बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म पोषाक र परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न दिने बैठकलले निर्णय गरेको छ ।

यस्तै जिल्ला भित्रका बैंक तथा वित्तिय संस्थाहरु आलोपालो प्रणाली अनुसार न्युनतम कर्मचारी खटिइ, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी गराई हप्ताको बढिमा २ दिन मात्र खोल्ने, बागमती प्रदेश सरकार मार्फत स्वास्थ्य कार्यालयमा उपलव्ध ४ हजार एन्टिजिन किट आवश्यकता र औचित्यका आधारमा स्थानीय तहलाई वितरण गर्ने र थप किट ल्याउन पहल गर्ने समेत निर्णय गरेको छ । निषेधाज्ञामा खाद्यान्न,फलफुल तरकारी र दुग्द्यजन्य पदार्थ लगायतका अत्यावश्क सामाग्री बिक्रि गर्ने पसलहरु सकिने बिहान ६ बजे देखि ९ बजेसम्म मात्र खुल्नेछन् । टेक अवे सेवा दिन चाहने होटल तथा रेष्टुरेन्टहरुले सोको सुचना टाँस गरि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कात्र सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सर्वसाधारण अत्यावश्यक बाहेक घरबाहिर निस्किन नपाउने र मानिसको भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी बाहेक सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । भिडभाड गरि विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्य गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

निर्णय:-

 

 

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते