धादिङ । धादिङ जिल्लामा डेंङ्गी संक्रमण हुनेको संख्या २ हजार ३९ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार १०२ जना पुरुष र ९३७ महिला गरी कुल २ हजार ३९ जनामा संक्रमण पुष्टि भएकोछ । जिल्लाका कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन ।
नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार २ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी गजुरी गाउँपालिकामा १ सय ६ जनामा संक्रमण रहेको छ । यस्तै गल्छी गाउँपालिमा ९६ जना, बेनिघाट रोराङ गाउँपालिकामा ९५ जना, धुनिबेशी नगरपालिकामा ९० जना, ज्वालामुखी गाउँपालिकामा ७९ जनामा संक्रमण भएको छ । यस्तै त्रिपुरासुन्दरी गाउँपालिकामा ७५ जना, सिद्धलेक गाउँपालिकामा ५५ जना, गंगाजमुना गाउँपालिकामा २७ जना, थाक्रे गाउँपालिकामा १८ जना, नेत्रावती डवजोङ गाउँपालिकामा १३ जना, रुवीभ्याली गाउँपालिकामा १२ जना र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । बुधबार मात्र धादिङमा ६९ जना डेंगीका संक्रमित थपिएका छन । बुधवार ३८ जना पुरुष र ३१ जना महिला गरी ६९ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

धादिङमा डेंङ्गी संक्रमितको संख्या २ हजार नाघ्यो
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply