धार्केमा रहेको उत्प्रेरणा महिला सहकारी संस्थाद्धारा कृषक समूहलाई ट्याक्टर वितरण

Share it with you friends

४ पौष २०७६, शुक्रबार

भगवान भण्डारी, धार्के— धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ मा रहेको उत्प्रेरणा महिला सहकारी संस्था लि. ले शुक्रबार वडा नं. ६ का कृषि पेशामा आवद्ध आफ्ना शेयर सदस्य कृषक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । जिल्ला सहकारी संघको अनुदानमा उत्प्रेरणा महिला सहकारी संस्था लि. ले एक थान ट्याक्टर र ५ थान पम्प वितरण गरेको हो ।


सहकारीका अध्यक्ष शारदा पाण्डेले मिहिनेतका साथ कृषि पेशामा लागेका यस समूहलाई हाते ट्याक्टरको प्रयोगले अझै कृषकहरुलाई सहज बनाउने बताउनुभयो । पछिल्लो समयमा गोरु पाल्न छाडिएको र ट्याक्टरको प्रयोग महिलाहरुले पनि सहजै गर्न सकिने बताउनुभयो । पछिल्ला दिनहरुमा सहकारीले अझै आधुनिक कृषि उपकरणहरु कृषकहरुलाई उपलब्ध गराई उत्पादनमा वृध्द्धि गर्ने लक्ष्य रहेको बताउनुभयो ।


त्यसैगरी सहकारीका व्यवस्थापक शान्ता अधिकारीले वडा नं. ६ का सवै परिवारहरु यस सहकारीको शेयर सदस्य बन्न आग्रह गर्नुभएको छ । कृषि पेशामा अझै सकृयताका साथ लागीपर्ने कृषकको संख्या कम भएकोमा समेत उहाँले जोड दिनुभयो । यदि कोही कृषकहरु व्यााशायिक रुपमै केहि गर्छु भन्ने उद्धेश्यका साथ लागी परेमा उत्प्रेरणा महिला सहकारी संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


वि सं. २०७१ साल असार ३१ गते स्थापना भएको यस उत्प्रेरणा महिला सहकारी संस्था लि. मा ५०० जना शेयर सदस्य रहेका छन् भने वार्षिक ७५ लाख बराबरको कारोवार गर्दै आएको छ । हाल सहकारीमा ३ जना कर्मचारीहरु कार्यरत छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते