धादिङको खानिखोलामा रहेको औषधी फ्याक्ट्रीमा आगलागी
१४ जेष्ठ २०७७ । धादिङ जिल्लाकाे धुनिबेशी नगरपालिकामा रहेको नाेभा जेनेटिका औषधी फ्याक्ट्रीमा आगलागी भएको छ।
धुनिबेशी नगरपालिका वडा नम्वर ७ मा रहेको नाेभा जेनेटिका औषधी फ्याक्ट्रीमा आगलागी भएकाे हाे ।
अहिले धुनिबेशी नगरपालिकाको दमकल , नगर प्रहरी , इलाका प्रहरी कार्यलय खानिखाेला बाट खटिएका नेपाल प्रहरी र स्थानियको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ ।
आगलागीमा मानबीय क्षती भने भएकाे छैन् ।
आगलागीमा क्षती कती भयाे र कसरी भयाे भन्ने बारेमा थप जानकारी आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । ।
