स्थानीय

धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

Share it with you friends

धादिङको धुनीबेशी नगरपालिका तथा आसपास क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंस्थित नेपाल काष्ठमाण्डप कलेजले घरबाटै आउजाउ गरेर अध्ययन गर्न सकिने विशेष यातायात सुविधा सुरु गरेको छ। विद्यार्थी र अभिभावकलाई काठमाडौं बसाइँको झन्झटबाट मुक्त गराउने उद्देश्यसहित कलेजले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

आजको परिवेशमा काठमाडौंमा बसेर अध्ययन गर्ने विद्यार्थीको संगत, गतिविधि र पढाइप्रतिको ध्यानबारे अभिभावकमा बढ्दो चिन्ता देखिने गरेको छ। यही अवस्थालाई मध्यनजर गर्दै कलेजले सुरु गरेको यातायात सुविधाले विद्यार्थीलाई आफ्नै परिवारको निगरानी र साथमा बसेर अध्ययन गर्ने वातावरण मिल्ने विश्वास लिएको छ।

कलेजका अनुसार यस व्यवस्थाले काठमाडौंमा डेरा लिएर बस्नुपर्ने अतिरिक्त आर्थिक भार कम हुनुका साथै विद्यार्थी गलत संगतमा पर्ने सम्भावना पनि न्यून हुने अपेक्षा गरिएको छ। साथै विद्यार्थीको पढाइप्रतिको ध्यान, अनुशासन र सकारात्मक सोच विकासमा समेत सहयोग पुग्ने जनाइएको छ।

काठमाडौंको कलंकीस्थित नेपाल काष्ठमाण्डप कलेजले हाल एसईई उत्तीर्ण तथा कक्षा ११ अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि विभिन्न आकर्षक कार्यक्रमसहित भर्ना अभियान सञ्चालन गरिरहेको छ। कलेजले कक्षा १२ को परिक्षामा उत्कृष्ट उपलब्धि हासिल गरेको दाबी गर्दै गुणस्तरीय तथा व्यवहारिक शिक्षामा आफू प्रतिबद्ध रहेको जनाएको छ।

कलेजले व्यवस्थापन, शिक्षा, मानविकी तथा कानुन संकायमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि बिहान र दिउँसो दुवै सत्रमा कक्षा सञ्चालन गर्दै आएको छ। विभिन्न शीर्षकमा छात्रवृत्ति र सहुलियतको व्यवस्था गरिएको कलेजले सुरक्षित, सहज र प्रतिस्पर्धात्मक शैक्षिक वातावरण प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

कलंकी चोक नजिकै शान्त वातावरण रहेको कलेजले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको व्यक्तित्व विकासमा पनि जोड दिँदै विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ। कुशल व्यवस्थापकीय टिमद्वारा सञ्चालित कलेजले आफूलाई काठमाडौंका उत्कृष्ट शैक्षिक संस्थामध्ये अग्रणी बनाउने लक्ष्य राखेको जनाएको छ। गुणस्तरीय शिक्षा खोजिरहेका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै कलेजले नयाँ शैक्षिक सुविधा तथा अभियानलाई प्रभावकारी रूपमा अघि बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *