धुनिबेसी नगरपालिकामा काेराेना सक्रंमित भेटिएपछी विभिन्न भागमा सिल
धुनिबेसी नगरपालिका वडा नम्वर ३ को एक महिलामा कोरोना पुष्टि भएपछी धुनिवेसी नगरपालिका वडा नम्वर ३ को विभिन्न भागमा सिल गरिएको छ ।
धुनिवेसी नगरपालिका वडा नम्वर ३ महेशफाँटमा की एक महिलामा कोरोना देखिएपछि पूर्वमा चामेखोला, पश्चिम भालुखोला, उत्तर सेंढाईगाउँ र दक्षिणमा महेशखोला भित्रको क्षेत्रलाई सिल गरिएको धुनिवेसी नगरपालिकाले जनाएको छ ।
सिल गरिएको क्षेत्रमा अर्काे सूचना जारी नभएसम्मकाे लागि आवतजावत तथा हिडडुल गर्न पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ ।
