देश विकास

विकास पत्रकारिता

धुनिवेशी नगरपालिकाद्वारा १२५ खेलाडी सम्मानित

Share it with you friends

धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३ अन्तर्गत नगरभित्रका विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका करिब १२५ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रमका वक्ताहरूले खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेल क्षेत्रको विकास, प्रतिभाको प्रोत्साहन तथा खेल पूर्वाधार विस्तारलाई आगामी दिनमा पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नगरका खेलाडीहरूको मनोबल बढाउनु र नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

सम्मान कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनाल, जनप्रतिनिधि, कर्मचारी, प्रशिक्षक, खेलकर्मी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts