धुर्मुस सुन्तलीले भने, रवि लामिछानेको साथमा हामी छौँ
काठमाडौं, ७ असार । मिडियाकर्मी रबी लामिछानेसँग अमेरिकी नागरिकता रहेको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको समर्थन र विरोधमा समाजिक सञ्जालमा अभिव्यक्ति आउन थालेका छन् । उनका धेरै समर्थकले उनको बचाउ गर्दै प्रेस काउन्सिलको आलोचना गरेका छन् ।
हास्ँय कलाकार धुर्सस सुन्तलीले (सिताराम कट्टेल र कुन्जना घिमिरे) पनि रविको समर्थनमा समाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेका छन् ।
धुर्मुसले आफ्नो सामाजिक सञ्जालमा आफू रवि लामिछानेको साथमा रहेको बताएका छन् । उनले लेखेका छन्:
तिमी त्यो ज्योति हौ, अध्यारोमा प्रकाश् छर्न सक्छौं ! तिमी त्यो साहस हौ , लाखौं चटान पनि तोडन सक्छौ ! तिमी त्यो न्यायमुर्ती हौ , हजारौं चेलीको आंशु पुछन सक्छौ ! न्याय नपाएका हरुको वेदना बुझ्न सक्छौ! चोर , फटाहा र घुसखोरी हरुको रामलिला समाप्त पार्न सक्छौ! अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ, र जानू पर्छ! धभ बचभ धष्तज ग रबि दाइ! —तिमी त्यो ज्योति हौ, अध्यारोमा प्रकाश् छर्न सक्छौं ! तिमी त्यो साहस हौ , लाखौं चटान पनि तोडन सक्छौ ! तिमी त्यो न्यायमुर्ती हौ , हजारौं चेलीको आंशु पुछन सक्छौ ! न्याय नपाएका हरुको वेदना बुझ्न सक्छौ! चोर , फटाहा र घुसखोरी हरुको रामलिला समाप्त पार्न सक्छौ! अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ, र जानू पर्छ! we are with u रबि दाइ! —
https://www.facebook.com/sitaramkattelofficial
यस्तै , यस अघि न्यूज २४ मा नै कार्यर पत्रकार प्रेम बानियाँले पनि रविको पक्षमा स्टाटस राखेका छन् । यसैबीच, रवि लामिछानेले आफूसँग अमेरिकी नागरिक नरहेको प्रष्टिकरण दिएका छन् । अध्यागनम विभागले लामिछाने अमेरिकी नागरिक रहेको भन्ने बताएको पर्सिपल्ट बिहीबार उनले आफूसँग अमेरिकी पासपोर्ट त परको कुरा भिसा पनि रहेको दाबी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत अमेरिकी पासपोर्ट फिर्ता बुझाइसकेको पनि बताएका छन् । उनले लेखेका छन् :
प्रेस काउन्सिलका केहि आचारसंहिता ठेक्दार र त्यत्रा वरिष्ठहरुले जेल नै हाल्ने प्लान बनाउदा एक पटक मलाई सम्पर्क गरेको भए बिचराहरुको महिनौको मेहेनत खेर नै जादैन्थ्यो।मसङ अमेरिकी पासपोर्ट त के भिषा पनि छैन । फिर्ता बुझाई सकेको थाहा नै पाएनछन् । वा पत्रकारिता !अब के मा लखेट्ने मिटिङ बस्यो?
यसअघि अध्यागमन विभागले राहदानी नं ५१२९६६९८१ वाहक लामिछानेको नाममा ४ अक्टोवर २०१८ सम्म अवधि भएको गैर पर्यटक (नातेदार) भिसा जारी भएको जनाएको थियो ।
अध्यागमन नियमावली, २०५१ को दफा २० को (१) नियमावली बमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग व्यापार व्यवसाय वा संस्थामा काम गर्न पाउने छैनन् ।
भिसा पाउने विदेशीले जुन उदेश्यले भिसा प्राप्त गरेको हो त्यही बाहेक अन्य काम गर्न नपाईने अध्यागमन विभागले प्रेस काउन्सिललाई लेखेको पत्रमा उल्लेख छ । तर लामिछानेले भने आफूसँग अमेरिकी पासपोर्ट त परको कुरा भिसा पनि नरहेको बताएका हुन् ।
