नागढुङ्गाको जाम हट्यो यात्रा सहज बन्दै, ढुक्क सँग यात्रा गर्न ट्राफिक प्रहरीको अनुरोध

Share it with you friends

१३ असोज २०७६, सोमबार ।

केही दिनअघि काठमाण्डौको नागढङु्गादेखि धादिङको महादेवबेशी त कहिले गल्छि सम्म नै गाडीको ठूलो लाइन लाग्दा यात्रुलाई सास्ती भयो । यहाँको २० २५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भएका थिए ।

सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुप¥यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ ।
‘नागढुङ्गामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन’, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भन्नुभयो । उहाँका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ ।

खुसी र उमङ्गको चाड बडादशैँ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । यो उमङ्ग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रूपमा आ–आफ्नो घरसम्म पुग्न सक्छन् । त्यो अवस्थामा र्पुयाउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ भन्नुहुन्छ, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो । नागढुङ्गा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरू बिग्रिँदा यात्रुले जामको समस्या झेल्नुप¥यो । रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ ।

महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वर्टा याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उक्त ¥याकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ । यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ ।

यस्तै आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन् । उनीहरूले यो सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारबाही गर्नेछन् । धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ । आजबाट अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरूलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 3 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 4 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 6 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 9 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 9 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 10 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु