निर्वाचन परिणामपछि राजनीतिक दलहरुको हैसियत

Share it with you friends

काठमाडौं, मंसिर २३ गते । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी राष्ट्रिय दलको रुपमा स्थापित भएका छन् । यसअघि राष्ट्रिय दलको रुपमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भने समानुपातिक निर्वाचनमा थ्रेसहोल्ड कटाउन सकेनन् ।
प्रत्यक्षतर्फ कांग्रेस पहिलो
प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७ र समानुपातिकतर्फ ३२ स्थानमा गरी जम्मा ८९ सिटसहित संसदको पहिलो दल बनेको छ । नेकपा (एमाले) ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी जम्मा ७७ सिटसहित दोस्रो भएको छ ।
नेकपा (माओवादी केन्द्र) प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट र जनता समाजवादी पार्टीले ७ र समानुपातिकमा ५ गरी १२ सिट प्राप्त गरेको छ ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको छ । तर समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन । यस पटकको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी गरी ७ दल मात्र राष्ट्रिय दल बन्न सफल भए ।
राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४, रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सिट जितेको छ । जनमत पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी जम्मा ६ सिट प्राप्त गरेको छ ।
प्रतिनिधि सभा सदस्य प्रत्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १ र स्वतन्त्र उम्मेदवार ५ स्थानमा विजयी भएका छन् । प्रतिनिधि सभामा १२ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।
समानुपातिकतर्फ एमाले पहिलो
निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मत गणनामा एमाले २८ लाख ४५ हजार ६४१ अर्थात् ३०.६९ प्रतिशतसहित पहिलो स्थानमा छ । कांग्रेसले २७ लाख १५ हजार २२५ अर्थात् २९.२९ प्रतिशत मतसहित दोस्रोमा चित्त बुझाएको छ ।
माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात् १२.६८ प्रतिशत मतसहित तेस्रो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात् १२.१९ प्रतिशत मत, राप्रपाले पाँच लाख ८८ हजार ८४९ अर्थात् ६.३५ प्रतिशत मत, जसपाले चार लाख २१ हजार ३१४ अर्थात् ४.५४ प्रतिशत मत र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ अर्थात् ४.२६ प्रतिशत मत प्राप्त गरेको छ ।
सत्ता साझेदार दल एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेकाले थ्रेसहोल्ड कटाउन सकेन । यसअघि राष्ट्रिय दलको रुपमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । यस पटक नयाँ दलको रुपमा निर्वाचन लडेको रास्वपासहित राप्रपा, जनमत पार्टी राष्ट्रिय दलको रुपमा आएको छ ।
समानुपातिक सिट सङ्ख्या निर्धारण
प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९’ को दफा ३३ मा भएको ‘सीटको बाँडफाँट गर्ने’ शीर्षक अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मत गणना तालिका प्राप्त भएपछि निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडी त्यस्तो दलले प्राप्त गरेको कुल मत सङ्ख्या यकिन गर्नुपर्ने व्यवस्था छ ।
निर्वाचन आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले दलहरुले प्राप्त गरेको निश्चित मतलाई बिजोर सङ्ख्याले भाग गरेर समानुपातिक सदस्य निर्वाचित हुने प्रणाली रहेको बताउनुभयो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो, “समानुपातिकमा ११० सदस्य निर्वाचित गर्नुपर्दा दलले पाएको निश्चित मतलाई १, ३, ५, ७, ९…..गर्दै १११ सम्मको बिजोर सङ्ख्याले भाग गर्नुपर्छ ।”
समानुपातिकतर्फ प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपाले चार, माओवादी केन्द्रले चार, जसपाले एक र एकीकृत समाजवादीले एक सिट प्राप्त गरेको छ । सो निर्देशिकाको दफा ३४ मा उल्लेख भएबमोजिम मत परिणाम विभाजक सूत्र अन्तर्गत दलले प्राप्त गरेको मत परिणामलाई १ देखि १११ सम्मको बिजोर सङ्ख्या (कुल उम्मेदवारको सङ्ख्या अनुसार हुने) भाजकहरुले भाग गरिने र त्यसबाट प्राप्त भागफललाई क्योसेन्ट भनिन्छ । उपदफा २ मा ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँट गरिने व्यवस्था छ ।
प्रदेशगत अग्रता
प्रदेशसभाको समानुपातिकतर्फ पनि ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९’ मा व्यवस्था भएबमोजिम सदस्य निर्वाचित हुनुहुनेछ । प्रदेशसभा प्रत्यक्षतर्फ ३३० सदस्य निर्वाचित हुने व्यवस्था छ ।
समानुपातिकतर्फ प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपाले चार, माओवादी केन्द्रले चार, जसपाले एक र एकीकृत समाजवादीले एक सिट प्राप्त गरेको छ ।
मधेश प्रदेशमा कांग्रेसले नौ, नेकपा (एमाले) ८, जनमत पार्टीले सात, जसपाले सात, माओवादी केन्द्रले चार, एकीकृत समाजवादीले तीन, लोेसपाले दुई, राप्रपाले एक, नेपाल संघीय समाजवादी पार्टीले एक र नागरिक उन्मुक्ति पार्टीले एक सिट सङ्ख्या प्राप्त गरेको छ ।
बागमती प्रदेशमा एमालेले १४, कांग्रेसले १२, माओवादी केन्द्रले सात, राप्रपाले ६, एकीकृत समाजवादीले दुई, नेपाल मजदुर किसान पार्टीले दुई र हाम्रो नेपाली पार्टीले एक स्थानमा विजयी भएका छन् । गण्डकी प्रदेशमा एमालेले दश, कांग्रेसले नौ, माओवादी केन्द्रले तीन, राप्रपाले दुई स्थान प्राप्त गरेको छ ।
मधेश प्रदेशमा कांग्रेसले नौ, नेकपा (एमाले) ८, जनमत पार्टीले सात, जसपाले सात, माओवादी केन्द्रले चार, एकीकृत समाजवादीले तीन, लोेसपाले दुई, राप्रपाले एक, नेपाल संघीय समाजवादी पार्टीले एक र नागरिक उन्मुक्ति पार्टीले एक सिट सङ्ख्या प्राप्त गरेको छ ।
लुम्बिनीमा एमाले ११, कांग्रेस १०, माओवादी केन्द्रले चार, राप्रपाले दुई, नागरिक उन्मुक्ति पार्टीले दुई, जनमत पार्टीले दुई, जसपा, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले एक–एक स्थान प्राप्त गरेको छ ।
कर्णालीमा एमाले र कांग्रेसले पाँच–पाँच, माओवादी केन्द्रले चार, एकीकृत समाजवादी र राप्रपाले एक–एक स्थान प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशमा एमाले र कांग्रेसले सात–सात, माओवादीले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई, राप्रपा र एकीकृत समाजवादीले एक–एक सिट जित्नुभएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते