नेपाली महिला बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

Share it with you friends

काठमाडौँ, २८ चैत । नेपाली महिलाका जीवनी बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ ।

विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनी विश्वविद्यालयको मानविकी र समाज विज्ञान विभागले स्नातकोत्तर तहको पाठ्यक्रममा राखी अध्यापन गराउन थालेको हो ।

१४ वर्षअघि सुरु सेलिब्रेटिङ वुमनहुड नवदेवी अवार्ड्सबाट सम्मानित नेपाली महिलाका जीवनीलाई पुस्तकको रूप दिएर पाठ्यक्रममा राखिएको हो । अवार्डकी परिकल्पनाकार एवं संयोजक सिर्जनासिंह योञ्जन र विश्वविद्यालयकी रिडर डा. सारा पार्करले तयार पारेका ‘सेलिब्रेटिङ वुमनहुड : विमेन हू इन्स्पायर पोजेटिभ चेन्ज’ पुस्तकमा समाज परिवर्तनमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने महिलाका संघर्ष कथा समेटिएका छन् ।

लामो समय नेपाली महिलाबारे अध्ययन अनुसन्धान गरी बटुलेका तथ्य अध्यापनमा समेट्दै आएकी सारा विश्वविद्यालयको पाठ्यक्रममा नेपाली महिलाको जीवनी समेटिँदा बेलायती विद्यार्थी पनि प्रेरित हुने बताइन् । पाठ्यक्रममा समेटिएका महिला आफ्ना कामका कारण निकै चर्चित र प्रेरणादायी भएकाले उनीहरूको जीवनी पढ्ने विद्यार्थी पनि उत्साहित हुने उनले बताइन् ।

३० वर्षदेखि नेपाल ओहोरदोहोर गर्दै पद्मकन्या क्याम्पसको सानिध्यमा महिलामाथि काम गर्ने उनले बेलाबेला बेलायतबाट विद्यार्थी ल्याएर अध्ययन गराउने गरेकी थिइन् । अहिले पाठ्यक्रममा समेटिँदा धेरै सजिलो भएको र बेलायती विद्यार्थीले बेलायतभन्दा यहाँ वास्तविक महिलावाद देख्न पाएको धारणा उनले राखिन् ।

विश्वविद्यालयले वेबसाइटमा पनि यी नेपाली महिलाका जीवनीको अनलाइन संस्करण अपलोड गरिसकेको छ । यसको नेपाली संस्करण प्रकाशन गरेर पद्मकन्या कलेजको पाठ्यक्रममा पनि समावेश गर्न पहल गरिने भएको छ ।

पाठ्यक्रममा समेटिएका महिलाले फरक भौगोलिक क्षेत्र, संस्कृति, सामाजिक र आर्थिक अवस्थाका साथै फरक व्यवसायको प्रतिनिधित्व गरेका छन् । पहिलो चरणमा २५ जनाको जीवन संघर्ष पाठ्यक्रममा समावेश गरिए पनि हालसम्म नवदेवी सम्मान पाउने सबैलाई समेटिने आयोजकले जनाएको छ । अन्नपुर्णपोस्टमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते