नौविसे स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको जाँच, १४५ महिलाहरुले लिए सेवा

Share it with you friends

भगवान भण्डारी, नौविसे— धादिङको धुनिवेशी ७ नौविसेमा रहेको नौविसे स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघर तथा आंग खस्ने समस्या र पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच (Via Test) गरिएको छ । स्वास्थ्य कार्यालय धादिङको आयोजनामा बिहिबार सम्पन्न उक्त कार्यक्रममा १४५ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । सेवा लिने मध्ये १ जनालाई थप परीक्षणका लागी भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको छ ।


धादिङ स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आर्चायको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख निरु खरेलको विशेष आतिथ्यता रहेको थियो ।

एकभन्दा बढी यौन पार्टनर राख्ने, छिटो विवाह गर्ने तथा कम उमेरमै सन्तान जन्माउने, धेरै सन्तान जन्माउने महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढि हुने र एच.भी.पी संक्रमण तथा सरसफाइमा ध्यान नदिँदा पनि यो रोग लाग्न सक्ने धादिङ स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेलले बताउनुभयो ।

आफ्नो स्वास्थ्यका बारेमा महिलाहरु पहिलेभन्दा धेरै सजग रहेको र जाँचको लागि राम्रो संख्यामा उपस्थित् भएको नौबिसे स्वास्थ्य चौकीका प्रमुख गीता भट्टले बताउनुभयो । शहर बजारको तुलनामा ग्रामिण भेगमा भने केहि महिलाहरु अझै लजाउने र ढाकछोप गर्ने प्रवृत्ति रहेको कुरामा समेत उहाँले जोड दिनुभयो ।


कार्यक्रममा धादिङ स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आर्चाय, उपप्रमुख निरु खरेल, धुनिवेशी स्वास्थ्य शाखाका शिवहरी भट्ट, ध्रुव अधिकारी लगायत स्वास्थ्य कार्यालयका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते