नौबिसे – नागढुंगा सुरुङमार्गको तीन महिनाभित्रै ग्लोवल टेन्डर

Share it with you friends

काठमाडौं , ८ वैशाख । राजधानी काठमाण्डौं प्रवेश गर्ने छोटो मार्गका रुपमा बहुचर्चित नागढुंगा–नौबिसे सुरुङ निर्माण आयोजनाले गति लिने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएकोले आयोजना निर्माणको बाटो खुलेको हो ।

सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणका लागि  ३ महिनाभित्रै टेन्डर गर्ने तयारी गरेको छ । सुरुङमार्ग निर्माणका लागि आयोजनाले जग्गा प्राप्तिकाे कार्य भइरहेको जनाएकोे छ । सडक विभागको वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले सुरुङ मार्ग निर्माणका लागि नेपाल र जापानबीच ऋण सम्झौता भएपछि थप हौसला मिलेको बताएका छन् । सम्झौता अनुरुप जापान सरकारले साढे १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ ।  ‘हामीले सुरुङ मार्गको सबै अध्ययन अनुसन्धानको कार्य सकेर डीपिआर समेत तयार पारेको छौं ।’ उनले भने, ‘ तीन महिनाभित्रै ग्लोबल टेन्डर आह्वान गरेर अन्य सबै प्रक्रिया चाँडै सकेर सुरुङमार्ग निर्माणअघि बढाउने तयारी गरेका छौं ।’

नागढुंगा–नौबिसे सुरुङमार्गमा २ दशमलव ७ किलोमिटर लामो सरुङ र ३ दशमलव ५ किलोमिटर सडक रहनेछ । आयोजनाले सुरुङ निर्माण थालेको साढे ३ बर्षमा निर्माण सक्ने लक्ष्य लिएको छ ।

०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि जापानले ऋण दिने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने विभागको अनुमान छ । आयोजना निर्माणपछि काठमाडौ उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने यात्रुहरुले विद्यमान ट्राफिक जामको समस्याबाट उन्मुक्ति पाउने प्रमुख श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार राजधानीको एक मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबिसेदेखि तीन घण्टासम्म लाग्छ । सुरुङबाट २० मिनटमै काठमाडौं प्रवेश गर्न सकिनेछ ।

सुरुङमार्ग एक्सेस रोडका लागि महादेवस्थान, दहचोक, बलम्बु र थानकोट क्षेत्रमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया भइरहेको बताइएको छ । सुरुङमार्ग जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुनेछ  ।

  • Related Posts

    अण्डाको मूल्य बढ्यो

    नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 5 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 5 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 6 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 8 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु