पत्नीपीडित पुरुषका उजुरीको चाङ

Share it with you friends

काठमाडौँ, १९ वैशाख ।   ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए।

न्यायिक समिति संयोजक नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले ती युवाको सबै कुरा सुनिन्। उपप्रमुख प्रसाईंले आचार्य बिरामी रहेको थाहा पाइन्। उपप्रमुखले ती युवालाई सल्लाह दिँदै भनिन्, ‘पहिले उपचार गरेर तपाईं निको हुनुस्। अनि समितिमा यसबारे कुरा गरौंला।’

उपप्रमुख प्रसाईंले दुःख मान्दै सुनाइन्, ‘मुटुका बिरामी ती युवकको उपचारकै क्रममा मृत्यु भयो। उनको समस्याबारे समितिमा छलफलको विषय नै बन्न पाएन।’

१९ वर्षअघि रोजगारी सिलसिलामा अफगानिस्तान गएका आचार्यसँग उनकी श्रीमतीले वकिलको मिलेमतोमा आठ वर्षअघि नै सम्बन्धविच्छेद गराउन सफल भएकी थिइन्। आचार्यकी श्रीमतीले अदालतमा आफ्ना पतिको सबन्धविच्छेदको स्वीकृति पत्र पेस गरेकी थिइन्।

‘ श्रीमान् विदेश गएपछि वृद्धा सासूको स्याहारसुसार गरेर बसेकीश्रीमतीले त्यस्तो गर्छिन् भन्ने मैले सोचेको पनि थिइनँ तर विदेशमा दुःख गरेर कमाएको सम्पत्ति पनि सकियो, रोगले पनि थला पा¥यो’, स्थानीय सरकारले केही गर्छ होला भन्दै आफूसमक्ष पीडा पोखेको न्यायिक समिति संयोजक प्रसाईंले भनिन्।

निको भएपछि समितिमा छलफल गरौंला र न्यायको बाटो खोजौंला भनेर गएका युवाको मृत्यु भएको सुन्दा आफूलाई निकै दुःख लागेको प्रसाईंले सुनाइन्।

ती युवक मात्र होइन, बिर्तामोड नगरपालिका–९ का एक युवक वैदेशिक रोजगारी सिलसिलामा साउदी अरबमा रहेका बेला सम्पत्ति लिएरश्रीमती अर्कै केटासँग हिँडिन्। यो थाहा पाउनासाथ नेपाल आएका ती युवकले न्यायिक समितिमा उजुरी गरे। तर, युवतीलाई पक्राउ गरी आधा सम्पत्ति समितिले युवकलाई फिर्ता गराई न्याय दिलाइदियो।

पछिल्लो समय न्यायिक समितिमा वैदेशिक रोजगारमा गएका युवाबाट उजुरी दिने क्रम बढ्न थालेका छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित घटनामा महिलाभन्दा पुरुष बढी पीडित बनेको उजुरी आउने गरेको छ।

अधिकांश यस्ता उजुरीमा विदेश गएको समयमाश्रीमती सम्पत्ति लिएर अर्र्कैसँग गएको, सम्पत्ति सकेरश्रीमती नै हराएको जस्ता उजुरी अधिक आउने गरेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन्। उनले भनिन्, ‘न्यायिक समितिमा वैदेशिक रोजगारीका मुद्दा नआएको दिन हुँदैन।’ दमकमा महिलाबाट पीडित पुरुषका झन्डै दुई दर्जन मुद्दा आएको अधिकारीले बताइन्। अधिकांश उजुरी विदेश जाने पुरुषका छन्।

कतिपयले मौखिक सल्लाह लिएर विवाद समाधान गरेका छन्। कतिपयले न्यायिक समितिमै उजुरी दर्ता गराएका छन्।

वैदेशिक रोजगारीले समाजमा एकातर्फ राम्रो गरेको देखिए पनि श्रीमान् /श्रीमतीको सम्बन्ध र सम्पत्तिमा ठूलो असर पारेको देखिएको उपप्रमुख अधिकारीको भनाइ छ। दमक नगरपालिकामाश्रीमतीको नाममा जग्गा भएकाहरू धेरै अर्कैसँग हिँडेका उजुरी परेका छन्।

श्रीमती विदेश गएपछि नफर्किने, उतै अर्कैसँग विवाह गरेर घरजम गरेका रश्रीमान्÷ श्रीमतीको संयुक्त नाममा रहेको अचल सम्पत्ति रोकिएकाले फुकुवा गरिपाऊँ भनी नगरपालिकामा केही उजुरी परेका छन्।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी प्रमुख कमला खतिवडा आचार्यलाई पनि यस्तो उजुरी आउनु र समाधान गर्नु सामान्यजस्तै बनिसकेको बताउँदै भन्छिन्, ‘दैनिक यस्ता उजुरी आएकै छन्। विदेश जानेश्रीमान्÷ श्रीमतीको गुनासो र उजुरीमा धेरै छलफल हुन्छ।’

वैदेशिक रोजगारसँग सम्बन्धित मुद्दा आपसी छलफलबाटै सौहार्दपूर्ण रूपमा मिलाउँदै आएको उनले सुनाइन्।

समितिमा जग्गा, सम्बन्धविच्छेदमा, म्यानपावर ठगी र लेनदेनका मुद्दा बढी आउने गर्छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी गाउँसभा, नगरसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ। अन्नपुर्णपोस्टमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 12 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 12 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 22 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते