पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द

Share it with you friends

चितवन , ३ जेठ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो ।  पहिरो पन्छाउने काम भइरहेकाे प्रहरीले जनाएको छ ।

निर्माणकाे काम चलिरहेकाे त्यस सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहानकाे समया सवारीको चाप धेरै हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *