धादिङ । नेकपा एमालेको तर्फबाट धादिङ क्षेत्र नं.१ प्रदेश सभा(२) सदस्य उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियालाई समवेदान प्रकट गर्न एमाले धादिङका अध्यक्ष एवं धादिङ क्षेत्र न. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार भूमी त्रिपाठी थपलियाको निवास पुग्नुभएको छ । शनिवार विहान ईन्जिनियर गजेन्द्र थपलियालाई समवेदान प्रकट गर्न उम्मेदवार त्रिपाठीका साथमा जिल्ला स्तरीय नेताहरु थपलियाको निजी निवास सिद्धलेक गाउँपालिका वडा नम्वर ६ स्थित परेवाटार पुग्नुभएको हो ।
सो क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भूमी त्रिपाठीले प्रदेश सभा सदस्यका उम्मेदवार गजेन्द्र थपलिया र परिवारमा परेको शोकबाट आफु र जिल्ला पार्टी परिवार दुखि भएको भन्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । सो क्रममा नेकपा एमाले धादिङ प्रनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कमिटिका संयोजक एवं नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल, क्षेत्र नम्वर र १ (२) को निर्वाचन परिचालन कमिटिका संयोजक लक्ष्मण शर्मा, सह संयोजकमा देवप्रसाद त्रिपाठी तथा सचिव राजेन्द्र विक्रम बस्नेत,। जिल्ला नेताहरु प्रेमनाथ सिलवाल, नेकपा एमाले धादिङका संस्थापक सदस्य टंकनाथ शर्मा तिमिल्सिना, नेकपा एमाले सिद्धलेक गाउँ कमिटिका अध्यक्ष कमला शर्मा, सचिव रामहरी बराकोटी, युवा संघ धादिङका अध्यक्ष कमल सिलवाल लगायत स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।
यसैविच शनिवार नै प्रेस चौतारी धादिङको एक टोलीले पनि उम्मेदवार थपलियालाई भेट गरी समवेदना प्रकट गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिको विकास बिज्ञ सल्लाहकार समेत रहनुभएका ईन्जिनियर गजेन्द्र थपलिया तथा युवा नेता धुर्व थपलियाका बुबा शिव प्रसाद थपलियाको ८९ बर्षको उमेरमा यही कार्तिक १६ गते निधन भएको थियो ।






