पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा चार प्रहरीको ज्यान गयो

Share it with you friends

१७ असोज २०७६ ।

फ्रान्सको राजधानी पेरिसको मध्य क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका एक उच्च प्रहरी स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

आक्रमणपछि पेरिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ । स्थानीय समय अनुसार दिउँसो करिब १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो ।

यस्तै घटनालाई पेरिसका नगरप्रमुखले ट्विटर मार्फत पुष्टि गरेका छन् । फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री पनि घटनास्थलमा पुगेको प्रहरीले बताएको छ ।
पछिल्ला वर्षहरूमा फ्रान्समा कार्यस्थलमा सिर्जना हुने घातक आक्रमणका घटना बढेका अनुसन्धानकर्ताहरूले बताएका छन् ।

बिहीबारको आक्रमणमा प्रहरी मुख्यालयमा प्रशासनिक एकाइमा काम गर्ने एक कर्मचारीले चक्कू प्रहार गरेका प्रारम्भिक सूचनामा स्थानीय प्रशासनले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको थप विवरण पछि आउने प्रशासनले बताएको छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 5 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 7 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 4 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 3 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन