पौडेलले देउवालाई भने– प्रधानमन्त्री नभए पनि गणेशमानलाई जनताले पूज्छन्, तपाईंलाई कस्ले पुज्छ?

Share it with you friends

काठमाडाैं, १५ वैशाख। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा गुटबाट माथि उठ्न नसकेको आरोप लगाएका छन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेबाट जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले देउवा सिंगो पार्टीको नेता बन्नु भन्दा गुट र समुहकै नेतामा रमाइएको आरोप लगाएका हुन। पार्टीको १३औं महाधिवेशनपछि देउवालाई भेटेर अब सिंगो पार्टीको नेता बनेर सबैलाई समेटेर अघि बढ्न आग्रह गरेको स्मरण गर्दै पौडेलले भने, ‘तर उहाँ तयार हुनु भएन। परिणाम आज कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नेतृत्वकै कारण पार्टी पराजीत भएको दोहोर्याउँदै पौडेलले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढंगबाट अघि बढाउन नसक्दा निर्वाचनमा ठूलो क्षेती भएको जिकिर गरेका छन्। पुरानो कार्यशैलीलाई नसच्याए पार्टी अझ कमजोर बन्ने गुनासो गर्दै उनले सबैलाई समेटेर अघि बढ्न सके मात्र पार्टी संगठन सुदृढ र मजबुत बन्ने सुझाए।

नेतृत्वलाई त्यागको भावना देखाउन आग्रह गर्दै पौडेलले सत्ताका लागि मरिहत्ते नगर्न सभापति देउवालाई सुझाएका छन्। ‘गणेशमान ९गणेशमान सिंह० जी कति पटक प्रधानमन्त्री हुनुभयो र देउवा ९शेरबहादुर देउवा० जी कति पटक प्रधानमन्त्री हुनुभयो रु जनताले गणेशमानलाई पुज्छन् कि देउवाजीलाई?’

पार्टी सभापति र तत्कालीन गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बिमलेन्द्र निधिबीच नेपाल प्रहरीको आइजीपी नियुक्तीमा देखिएको फरक मत, राजदूत सिफारीस, तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग जस्ता विषयले पार्टीलाई निर्वाचनमा अपुरणीय क्षती पुगेको उनले सुनाएका थिए।

जेठभित्रै महासमिति बैठक र बैशाखमै जिल्ला सभापतिहरुको भेला बोलाउन नेतृत्वलाई आग्रह गर्दै पौडेलले देशभरी प्रशिक्षण अभियान चलाउनु पर्ने बताएका थिए ।

सभापतिको हुर्मत लिनेगरी पार्टीका शीर्ष नेताले लिखित धारणा बाहिर ल्याएको भन्दै देउवा पक्षीय नेताहरुले जारी बैठकमा पौडेलको तीब्र आलोचना गरेपछि उनले अधिकांस समय त्यसकै बचाउमा बिताएका थिए। बिहीबार दुई घण्टा बढि समय आफ्नो धारणा राख्नमा खर्चेका नेता विजयकुमार गच्छदारले शुक्रबारको बैठकमा पनि लामो बोलेपछि महामन्त्री शशांक कोइराला र सभापति शेरबहादुर देउवाले धारणा राख्न बाँकी नै छ। शनिबारको बैठकमा दुबै नेताले आ आफ्ना धारणा राख्नुको साथै सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्।

बैठकले महासमिति, जिल्ला सभापतिहरुको बैठक र भेलाको मिति र स्थान तोक्नुको साथै संगठन सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधि खटाउने लगायतका विषयमा निर्णय लिनेछ।

त्यस्तै, रिक्त पदाधिकारी मनोनयनका लागि सभापति देउवाले शनिबारको बैठकमा नेताहरुको नाम प्रस्ताव गर्ने सम्भावना छ । निर्वाचित केन्द्रीय सदस्यहरु मध्यबाट सभापतिले एकरएक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनका लागि केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्ने विधानको व्यवस्था छ।

उक्त प्रस्तावलाई निर्वाचित सदस्यहरुको बैठकले अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ । सोही अनुसार सभापति देउवाले विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि प्रस्ताव गर्ने गृहकार्यमा छन्।

यद्यपी उपसभापतिमा हालै कांग्रेस प्रवेस गरेका विजय कुमार गच्छदार र गोपालमान श्रेष्ठको पनि दाबी छ। गच्छदारलाई उपसभापति बनाउन विधानले नै दिंदैन।

नागरिक दैनिकमा खवर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते