प्रचण्ड-माधवलाई संकेत गर्दै ओलीले भने- पिलो निचोरिएपछि आनन्द भएको छ

Share it with you friends

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई संकेत गर्दै पिलो निचोरिएपछि आनन्द भएको बताएका छन् । पार्टीनिकट ट्रेड युनियन महासंघ जिफन्टको काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र बल्ल एकता पैदा भएको बताएका हुन् ।

‘यो पार्टी इतिहासमा अहिलेजस्तो एकताबद्ध र अनुशासित कहिल्यै पनि थिएन, ओलीले भने, त्यही पिलो टन्किरहेको रहेछ। पिलो निचोरिएपछि बल्ल आनन्द भएको छ ।’ प्रचण्ड-नेपालसहितको पार्टी पार्टीजस्तो गएगुज्रेको, भद्रगोल, अनुशासनहीन कुनै पार्टी नभएको उनले बताए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड अस्थिर भएको भन्दै अब कतैबाट पनि चुनाव जित्न नसक्ने दाबी पनि गरे । उनले भने, ‘७४ को चुनावमा चितवनबाट हामीले गएर भोट हालिदिनुस् भनेर भाषण गरेर जिताएको हो। ७० सालमा बत्ती निभाएर बाकस साटेर जितेको हो ।’

उनले अगाडि थपे, ‘रोल्पादेखि सिराहासम्म भ्याइसक्नुभो अब कहाँ जानुहुन्छ ? भेलामा सहभागीले ‘जंगल’ भनेपछि ओलीले अगाडि थपे, उहाँ पहिले पनि कहाँ जंगलमा बस्नुभएको थियो र? जंगलमा अरूलाई बसाउनुभो आफूहरू जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभो ।’

उनले अब पार्टीभित्र महान शुद्धीकरण अभियान चलाउने बताए । चुनावमार्फत आफ्नो विचार जनअनुमोदित हुने उनको तर्क थियो । उनले प्रचण्डहरुले सूर्य चिन्हको माया भए नेकपामा फर्कनुपर्ने बताए ।

पार्टी एकता गर्दा ओली मर्छ भन्ने चाहना राखेको सुन्न आएको उनले बताए । ‘मेरो बुवा अझै बुढो बुढो हुँदै हुनुहुन्छ, मेरो कुरा गर्ने । मर्न त सबै मर्छन् ।’

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते