प्रदेश राजधानीमै तस्करीका सामान छ्यापछ्याप्ती

Share it with you friends

काठमाडौँ ।  प्रदेश ७ को राजधानी धनगढी बजारमा बेचिने अधिकांश भारतीय सामान भन्सार छलेर छिराउने गरेको पाइएको छ। बजारमा बेचिने कपडादेखि हार्डवेयरका ९० प्रतिशत सामान भन्सार छलेर नेपाल ल्याउने गरिएकोे छ। सुदूर पश्चिमका व्यापारी नाकामा पनि यस्तै अवस्था छ।

कैलाली जिल्लाको एक सय एक किलोमिटर भारतसँग जोडिएको छ। ‘तयारी कपडा, थानको कपडा, मोटरपार्टस्, हार्डवेयर र भाँडाकुँडाका सामान ९० प्रतिशत चोरी तस्करीबाट भित्रिरहेको छ’, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले भने, ‘धनगढी बजारका हार्डवेयर, भाँडाकुँडा र कपडाका पसलमा बेचिने भारतीय सामानको १० प्रतिशत मात्रै भन्सार हुने गरेको छ।’

थानमा भएको कपडामा ३० प्रतिशत, रेडिमेड कपडामा ४० प्रतिशत र मोटरपार्टस तथा हार्डवेयरको सामानमा ४५ प्रतिशतभन्दा बढी भन्सार महशुल तोकिएको छ। वार्षिक पौने चार अर्ब भन्सार राजस्व लक्ष्य तोकिएको कैलाली भन्सारमा बढी भन्सार लाग्ने सामान चोरी तस्करी भइरहेको हो।

धनगढीदेखि टीकापुरसम्म दुई सय ३५ वटा हार्डवेयर पसल संघमा दर्ता छन। एक सयभन्दा बढी व्यवसायीले संघको सदस्यता नलिएका हार्डवेयर संघ कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए। उनले भने, ‘हार्डवेयरको सामानमा फलामे छड र सिमेन्टबाहेकेका सबै सामान भारतबाटै आयात हुन्छ।’

प्रदेश नम्बर ७ का महाकाली र सेती अञ्चल यातायात व्यवस्था कार्यालयको तथ्यांकका आधारमा सवा लाख सवारीसाधन दर्ता छन्। कैलाली र आसपासमा ती सवारीसाधनमा लाग्ने पार्टस तीन सयभन्दा बढी पसल छन्। ‘यी सबैजसो सामान भन्सार छलेर आइरहेका छन्’, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी उप्रेतीले भने। कैलाली भन्सार कार्यालयले साउन यता हार्डवेयरका सामानको तीन करोड ३० लाख, कपडाको १९ लाख, र मोटस पार्टसको ४६ लाख मात्रै भन्सार संकलन गरेको छ। मासिक अनुपातमा ३४ करोड राजस्व संकलन लक्ष्य पाएको कैलाली भन्सार कार्यालयमा यी सामान नगन्य आउने गरेको भन्सार कार्यालयको ठहर छ।

एक सय एक किलो मिटर खुला सिमानको फाइदा उठाएका तस्करहरूले ल्याएको सामान धनगढी बजारमा खुलमखुला बिक्री हँदै आएका छन्।

‘एक सय एक किलोमिटर लामो सिमानाको कुरा त परै छोडौं, भन्सारसँगै जोडिएको मोहना नदीको घाट नम्बर १ देखि ६ सम्म शसस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमै तस्करी भइरहेको छ’, भन्सार कार्यालय नजिकैको तिल्केताल टोल सुधार समितिका अध्यक्ष मणीराज जोशीले भने, ‘हामीले एकै रातमा पाँच लाख बराबरको सामान पक्रेर भन्सारलाई बुझाएका छौं।’

कैलाली भन्सार कार्यालयले साधन स्रोतको अभाव भएकाले पनि तस्करी नियन्त्रण गर्न नसकिएको जनाएको छ। कैलाली भन्सारका सूचना अधिकारी उप्रतीले भने ‘द्वन्द्वकालमा विस्थापित भएका कैलालीका चार वटा छोटी भन्सार अझै पुनस्र्थापना भएका छैनन्। भन्सार गस्ती भनेर छुट्टै गस्ती टोली दिएको छैन। भएको एउटा सवारीसाधन पनि प्रदेश मन्त्रालयमा लगिसकेको छ।

शसस्त्र प्रहरी सीमा सुरक्षा बल कैलालीका प्रवक्ता शसस्त्र प्रहरी नायव उपरिक्षक खगेन्द्र चन्दले भने १ सय १ किलोमिटरको खुला सीमानामा दुई वटा मात्रै पोष्ट रहेकाले एउटाले ५० किलोमिटरको क्षेत्र हेर्न नसकेको बताए। यस्तै कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले पनि प्रहरीको संलग्नतामा तस्करी भएको प्रमाण दिए त्यो प्रहरीलाई कारबाही गर्ने बताए। अन्नपुर्णपोस्टमा खबर छ ।

  • Related Posts

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 10 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 11 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते