काठमाडाैं, १५ माघ । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ पुलिसलाई हराएर यस अघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल टियु मैदानमा शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुगेका टिमले ५०–५० हजार पाउने छन् । प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५–२५ हजार पाउने छन् ।







