‘फस्ट रनअर अप’ बनेका दिवेशको अमेरिकन आइडल यात्रा

Share it with you friends

काठमाडौँ, ५ जेठ । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए ।

अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए । मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गरेका छन् ।

गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट भएका थिए । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश छ वर्षअघि अमेरिका आएका थिए । काठमाडौँमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गरेका थिए ।

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितिन् । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुन् ।

  • Related Posts

    ‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश

    काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय…

    करिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?

    सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख पाउँदा सडकमा नआएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते