बाँच्ने आशामा राजकुमार सुनार, कलाकार शोभा त्रिपाठी लागिन बचाउने अभियानमा

Share it with you friends

रामचन्द्र रुपाखेती । महादेववेशी धादिङ,१ जेठ । एक दिन विहान टिका बमजन मर्निङवाकमा निस्किएका थिए । उनले एकजना विरामी भएर लडिरहेका राजकुमार सुनारलाई बाटोमा देखेछन् र सोध्दा धादिङ थाक्रेगाउँपालिका ६, रानिवारी का राजकुमार सुनारले आफु दुवै मृगौला फेलभएर पैसाको आभावमा डाइलासिस समेत गर्न नसकेर भौतरिएको बताएपछि टिका बमजनले अस्पताल पु¥याउनुभएको रहेछ ।

टिकादाईले मलाई फोन गरेर भन्नुभयो शोभा तिम्रो धादिङ्गकै एउटा भाई यस्तो अवस्थामा फेला पारेँ केही गर्न सकिन्छ कि भनेर भन्नुभयो । अनि मैले भाई राजकुमारलाई भेंटे उसका कुरा सुनेपछि जनता टेलिभिजनमा उसको अन्र्तवार्ता लिएं र जहाँबाट सहयोगको लागि समेत आह्वान गरें जसअनुसार बेलायतमा बस्ने दाजभाईहरुले १,७९,०००। सहयोग पठाइदिनुभयो । म पुरै भावुक भएको थिएँ कि उसको परिवारको अवस्था एकदम दयनिय थियो । उसको श्रीमती आफ्नो मृगौला दिएर बचाउने वाचा गर्दैथिइन् भाई राजकुमारको बाँच्ने त्रिव्र आशा थियो ।

यस्तो अवस्थामा मैले केही अठोट गरें उसको उपचारको लागि आफ्नो तर्फबाट केही न केही गर्छु भन्ने लाग्यो र उसको जिवन बचाउने अभियान शुरुवात गरेको छु । मलाई विश्वास छ यो कसैको जिवन बचाउने अभियानमा आफु सफल हुन्छु भनेर ।
यि माथिका घटना कलाकार एवं सफल कार्यक्रम प्रस्तोता शोभा त्रिपाठीले थाक्रेको महादेववेशीमा केहिदिन अघिसम्म सञ्चालित महादेववेशी मिनि महोत्सवको कार्यक्रम सञ्चालन गर्ने क्रममा बताइरहंदा महोत्सवबाट उपस्थित दर्शकहरुले ६२,६४० रुपैया सहयोग प्रदान गरे । उक्त रकम कार्यक्रम स्थलमै उपस्थित राजकुमार सुनारलाइृ हस्तान्तरण गरियो ।

गत वर्षको बैसाखमा वैदेशिक रोजगारीका लागि ऋण गरेर साउदी अरव हिंडेका राजकुमार काम थालेको केही महिनामानै एक्कासी विरामी भई अस्पताल जाँदा आफ्नो दुवै मृगौला फेल भएको रिपोर्ट आएपछि असोजमै नेपाल फर्किएका थिए । त्यति वेला न उनिसंग उपचार गर्ने पैसा थियो न त कुनै उपायनै ।
सानैमा आमाको मृत्यु भएको बुबाले ३ वटा विहेगरि अन्तै घरजम गरि बसेकाले उनको साहरा कोही थिएन उनकी श्रीमती रञ्जिता सुनार आफ्नो श्रिमानको यो अवस्थाबाट मर्माहित बनीन् । कुनै बाँच्ने आशा गुमाइसकेका राजकुमारले पछिल्लो समय कलाकार शोभा त्रिपाठीको अभियान र सहयोगी व्यक्तित्वहरुको सहयोगले आफुमा पुनः बाँच्ने आशा पलाएको कुराकानीको क्रममा बताए ।

राजकुमारको लागि श्रीमतीको मृगौलानै नमिलेतापनि श्रीमतीले अन्य व्यक्तिलाई दिने र उसको परिवारबाट मिल्ने मृगौला राजकुमारलाई दिनको लागि तयार सहयोगी पाएर हाल इन्सुलेसनको कार्य भईरहेको छ । उनको एउटै आवश्यकता छ मृगौला प्रत्यारोपण गर्दा लाग्ने खर्च व्यवस्थापन सो को लागि कलाकार शोभा त्रिपाठीले सहयोग उठाउने अभियान सञ्चालन गरेकी छिन करिव १५ देखी १७ लाख खर्च लाग्न सक्ने अस्पतालको अनुमान अनुसार उनले राजकुमार सुनार बचाउ अभियान सञ्चालन गरेकी छिन् ।

अप्रेशन भएपछि सरकारले २ लाख दिने भएपनि वाँकी रकमको व्यस्था गर्न राष्ट्रिय कलाकारहरुको साथमा धादिङको राजमार्ग क्षत्रको धार्के लगाएत विभिन्न ठाउँमा च्यारिटी शो गरी सहयोग जुटाउन लागिएको कलाकार शोभा त्रिपाठी ले बताइन । कलाकार शोभाको यो शोभनिय कार्य तथा राजकुमार सुनार बचाउने अभियानमा सहयोगगर्न चाहने महानुभावहरुले प्रभु वैक महादेववेशी शाखा मा रहेको राजकुमार सुनारको नाममा खातामा नं. ः ०६००१०००९८७७२९०००००१ मा रकम जम्मा गर्न समेत अपिल गरेकी छिन् ।

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 3 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 6 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 9 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 11 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु