‘बोक्सी’ भन्दै यातना दिने ‘भोलेबाबा’लाई पाँच वर्ष कैद र एक लाख जरिवाना

Share it with you friends

कैलाली, १८ जेठ । ‘बोक्सी’ भन्दै यातना दिने कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ ।

कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शुक्रबार उनलाई सो मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

गत फागुन २४ गते नारी दिवसको दिन उनले गाउँकै राधा चौधरीलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेर चरम यातना दिएका थिए । सार्वजनिक स्थानमा युवतीहरुलाई यातना दिनका लागि सघाउने रामबहादुर भोलेबाबाका सहयोगीहरुलाई पनि कैद सजायसहित जरिवानाको फैसाला गरेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ ।

अदालतका अनुसार पार्वती भनिने किस्मती चौधरी विरुद्ध एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ । किस्मतीले यातना दिनका लागि रामबहादुरलाई सघाउनुका साथै आफैंले पनि कुटपिट गरेकी थिइन् ।

यसैगरी, रामबहादुरका अर्का सहयोगी स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ । उनीहरुले हेमा चौधरी र मुना चौधरीलाई पनि कुटपिट गरेका थिए ।

रामबहादुरको सहयोगी कै रुपमा पक्राउ परेका तीनजनाले भने अदालतबाट सफाइ पाएका छन् । चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई निर्दोष ठहर गरी सफाइ दिइएको हो ।

  • Related Posts

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै…

    जेठ १४ गते सार्वजनिक बिदा

    सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बदर ईद (ईद-उल-अज्हा) को अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।यसअघि सरकारले २०८२…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 4 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 1 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    जेठ १४ गते सार्वजनिक बिदा

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५४
    • 2 views
    जेठ १४ गते सार्वजनिक बिदा

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    • By Upendra Adhikari
    • ७ जेष्ठ २०८३, बिहीबार ०७:३८
    • 2 views
    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन

    • By Upendra Adhikari
    • ५ जेष्ठ २०८३, मंगलवार १४:०५
    • 2 views
    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन