भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक रहेकाे मुख्यमन्त्री पौडेलकाे भनाइ

Share it with you friends

हेटौँडा, १४ वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न सरकार अहिले जिम्मेवार हुनेछ भने ।

मुख्यमन्त्री पौडेलले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काठमाडौँद्वारा शुक्रबार हेटाैंडामा आयोजित प्रदेश नं ३ स्तरीय पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल भवन निर्माण गर्ने क्रममा प्राधिकरणबाट भएका ढिलासुस्तीलाई आत्मसमीक्षा गरी वास्तविक भूकम्पबाट पीडित जनताको तथ्याङ्क संकलन गर्न स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाइनु पर्ने बताए ।

उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नो भूमिकालाई छिटो छरितोका साथै आर्थिक पारदर्शीताका साथ जनतालाई तत्काल सहयोग उपलब्ध गराई भवन निर्माण कार्यलाई तीव्रता ल्याउन प्रदेशस्तरीय सरकारलाई समन्वय, सहकार्य गर्न आवश्यक रहेको छ भने ।

सो अवसरमा प्रदेश नं ३ प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले तीन वर्षअघिदेखि भूकम्पबाट प्रभावित जनतालाई आवास निर्माणमा पुनःनिर्माण प्राधिकरण र संघीय केन्द्रीय सरकारबाट हुँदै आएको कार्यसम्पादनलाई सम्बन्धित प्रदेशसभा र प्रदेश सरकारको तर्फबाट गर्ने गरी आवश्यक ऐन कानून पारित गरिने बताए ।

उनले भूमिहीन र ऐलानी जग्गामा बसेका जनतालाई कुनै प्रमाण पुग्ने जग्गाको प्रमाणपत्र उपलब्ध गराएर सरकारले दिँदै आएको अनुदान र सेवा उपलब्ध गराउन पुनःनिर्माण प्राधिकरणलाई आग्रह गरे ।

सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारि अधिकृत युवराज भुसालले प्राधिकरणले हालसम्म भूकम्पबाट पीडित जनताका लागि गरिएका कामको विवरण प्रस्तुत गर्दै आर्थिक अनुशासन पारदर्शीताका साथै पीडित परिवारलाई अनुदान रकम, सेवा, सुविधा उपलब्ध गराइएको उल्लेख गर्दै अहिले सार्वजनिक विद्यालय, राष्ट्रिय महत्वका सम्पदाको पुनःनिर्माणका लागि सम्बन्धित प्राविधिक जुटिरहेको र छिट्टै निर्माण कार्य सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निर्देशन दिएको जानकारी दिए ।

त्यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका उपसचिवद्वय मनोहरप्रसाद घिमिरे र कृष्णकुमार भूषणले प्राधिकरणबाट भएका निर्माण कार्यका प्रगतिका बारेमा छुट्टाछुट्टै तथ्याङ्क प्रस्तुत गरेका  थिए । सो छलफल कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री, प्रदेश नं ३ का प्रदेशसभाका सदस्य र जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख उपप्रमुखको सहभागिता रहेको थियो ।
रासस

  • Related Posts

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 10 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 10 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते