भष्ट्रचारी सदनमा, जनता सधैं सडकमा कहिले सम्म ?

Share it with you friends

#मेरो_पाँच_प्रश्न_उमेदवारलाई!!

  •  मैले भोट किन दिने ?
  •  भोट चाहिँदा खुट्टा ढोग्न आउनेले जनता दुःखमा हुँदा किन सहयोग नगर्ने ?
  •  हामीले भोट दिएको कुरा बिर्सेर हामीसँग नै पद र पावरको अहमता किन देखाउने ?
  •  भष्ट्राचार गर्न हुने देश विकास गर्न किन नहुने ?
  •  जनता भोट दिन मात्र जन्मेका हुन र ?

#मुख्य_कुरा

2072 सालको भुकम्पले कति नेपाली जनताको ज्यान गयो, कति घाइते भए, कति बालबच्चाको आमाको काख खोसियो यसमा कुनै नेता कार्यकर्ता घर दैलोमा आए ?

कोरोनाले गर्दा अस्पतालमा बेड नपाएर कति जनताले समयमा उपचार नपाएर अकालमा ज्यान गुमाउन पर्यो कुनै ले सहयोग गर्यो ?

देशका गल्ली गल्लीमा फोहोरका डङ्गुर थुप्रिएका छन्, प्रमुख शहरहरुमा मुख्य बाटोमा धूलो उड्ने, खाल्डाहरु खै कुन पार्टीको नेता, मन्त्री, मेयरले सुधार गरेको देख्नु भो ?

भोकमरीले कति मरिरहेका छन् उनीहरुको पेट भर्ने काम खै कुन पार्टीले गर्यो ?

बर्सेनि आउने अनेक महामारीका कारण हजारौंको ज्यान गईरहेको हुन्छ, यसलाई न्यूनीकरण गर्ने र सहज उपचारको व्यवस्था गर्ने भन्ने कुरामा कहिल्यै कुनै राजनीतिक पाटीको नेता, मन्त्रीको ध्यान गयो ?

शिक्षाको अवस्था उस्तै छ कहिले विकास हुने। बर्सेनि हजारौंको संख्यामा घर जग्गा धितो राखी उच्च शिक्षा अध्ययनका लागि विदेशी भूमिमा जानुपर्ने नेपाली विद्यार्थीको बाध्यतालाई खै कसले बुझ्यो ?

अहिले सबैलाई जित्नुपरेको छ उच्च तहमा पुग्नु परेको छ त्यसैले मेयर, उपमेयर, नेता, मन्त्री मात्र होइन पाटीका झोले कार्यकर्ता दिनरात नभनी अनेक आश्वासन देखाउँदै यो गर्छौ र त्यो गर्छौ भन्दै बिचरा सोझा सिधा जनतालाई फेरि पनि भ्रममा पार्ने योजना बुनेर आइएको छ।अब पनि नसोचे कहिले सोच्ने? हिजो हामीले यिनीहरूको झुटो आश्वासनमा परेर उच्च तहमा पुर्याएको थियौ खै के प्रगति भो ?

अब हिजोको जस्तो गल्ती नदोहोरियोस् बरु भोट नदिनुहोस् तर गलत मान्छेलाई आफ्नो अमूल्य भोट दिएर भोटको अपमान नगर्नुहोला।🙏 ✍️#सुष्मि_कंडेल_काठमाडौं

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन

    नेपाल बार एशोसिएशन (नेबाए) ले सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेश समेत अवज्ञा गरेको विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ। बारले प्रशासनिक पदाधिकारीहरूबाट समानान्तर न्याय प्रशासन सञ्चालन भइरहेको निष्कर्ष निकाल्दै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते