Breaking Newsराष्ट्रिय समाचार

मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

Share it with you friends

१५ जेष्ठ २०७८, शनिबार

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले बताउनुभयो ।

राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । प्रतिनिधिसभा विघटनपछि अध्यादेश मार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार अध्यादेशबाट बजेट ल्याउन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *