मकवानपुर । काठमाण्डौ – बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । सङ्घीय संसदमा निर्वाचित भएर शपथ ग्रहण गर्नुभएका पाण्डेले शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनुभएको हो ।
बाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिइकन सङ्घीय सांसदको शपथ लिएपछि उहाँको आलोचना भएको थियो । प्रदेशको मुख्यमन्त्री र प्रतिनिधि सभा सदस्य दुवैतर्फ भूमिका निर्वाह गर्नेबारे कानुनविद् र प्रदेश प्रमुखसँग छलफल गरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । सचिवालयका अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै आफ्नो कार्यभार सम्हालिरहन निर्देशनसमेत दिनुभएको छ ।
पाण्डेले २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । पाण्डे एमालेका भूमि त्रिपाठीलाई हराएर धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । पाण्डेभन्दा पहिले बाग्मतीमा नेकपा एमालेका डोरमणि पौडेल पहिलो र अष्टलक्ष्मी शाक्य दोस्रो मुख्यमन्त्री हुनुभएको थियो । पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया खुला भएको छ ।

मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply