मोदीलाई ओलीले साेधे – नेपाली डुबानमा पर्दा मन दुख्दैन ?

Share it with you friends

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनिे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको जानकारी गराउँदै यस्तो प्रश्न गरेका हुन् । मोदी दुईदिने नेपाल भ्रमण गरी शनिबार स्वदेश फर्किसकेका छन् ।

प्रधानमन्त्री ओलीले डुबान समस्या समाधान गर्न मोदीको ध्यानाकर्षण गराएपछि नेपाल–भारत संयुक्त विज्ञप्तिको आठौंं बुदाँमा यो विषय सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ । मोदी भ्रमणको अन्तिम दिन शनिबार दुवै देशले १३बुँदे संयुक्त विज्ञप्ति जारी गरेका थिए।

भावुक मुद्रामा ओलीले यस्तो प्रश्न राखेपछि मोदीले समस्या समाधानमा पहल गर्ने र नेपाल–भारत सीमा क्षेत्र अवलोकन भ्रमण गर्ने प्रतिबद्धता जनाएको जानकारी अर्थमन्त्री युवराज खतिवडाले दिए । ‘भारतीय बाँधका कारण नेपालतर्फ बर्सेनि बर्खाका बेला मानवीयसँगै अर्बौ रुपैयाँबराबरको धनमाल क्षति हुँदै आएको छ, नेपाली जनता वर्षौंदेखि यो समस्यामा पर्दै आएका छन्,’ ओलीले मोदीसँग राखेको प्रश्न र विषयवस्तु उद्धृत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘यसरी बर्सेनि नेपाली जनता डुबानमा पर्दा तपाईको मन दुख्दैन ?’प्रधानमन्त्री ओलीले उक्त प्रश्न गर्दा भावुक देखिएका भारतीय प्रधानमन्त्री मोदीले विलम्ब नगरी जबाफ दिएका थिए । नागरिकमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 12 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 12 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 21 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते