रातभरी धारामा वसेर १ गाग्री पानी

Share it with you friends

काठमाडौं ६ वैशाख । ओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुकी देवीमाया मगर बेलुकीको खाना खाएपछि गाग्री बोकेर घरबाट निस्किन्छिन् । राती करिब ९ बजे पानी थाप्न पधेँरामा पुगेकी देवीमाया भोलिपल्ट बिहान मात्रै घर फर्किन्छिन् ।

 

‘धेरै भो घरमा बास बस्न नपाएको, एक गाग्री पानीका लागि पधेँरामै रात बिताउनुपर्छ’ गहभरि आँसुपार्दै नयाँपत्रिकासँग देवीमायाले भनिन् ‘पानी भर्दै गफ गर्दै रात बित्छ, ओढ्ने लगेर त्यहीँ गाग्री बोक्ने ढोकोमा पसेर पनि सुत्छौँ, पानी भर्ने पालो नआउन्जेल ।’ स्थानीयका अनुसार बेलुका ८ बजे पँधेरामा पुग्नेको पालो बल्ल बिहान ४ बजे आउँछ । देवीमाया जस्ता ५५ घर स्थानीयले खानेपानीको चरम अभाव झेलिरहेका छन् । साँझ बिहान २४ सै घण्टा भिरगाउँ नजिकैर रहेको कुवा र त्यहाँको सानो धारामा पानी भर्ने भीड लाग्ने गरेको छ ।

पानी अभावले सरसफाइ समेत गर्न नसकेको स्थानीय भक्तमाया मगर बताउँछिन् । ‘यहाँ खानकै लागि पानी छैन, नुहाउन र लुगा धुन त परकै कुरा भो ।’ उनी भन्छिन्– ‘ढुङ्गा, माटो, बालुवा, सिमेन्टको काम गर्नुपर्छ राती पानी थाप्न पधेँरोमा’ । भिरगाउँकी ७० वर्षीया नरिमाया मगरको पनि दैनिकी यस्तै छ । पानी थाप्न उनी आफैँ मुहानमा जान्छिन् । उनले भनिन्– ‘लौरो टेकेर म आफैँ पानी लिन जान्छु, घरमा कोही छैनन् आफैँ नगई हुँदैन, साह्रै दुःख पाइयो ।’

सुनकोशीको बलखुमा मात्रै होइन ओखलढुंगा जिल्लाभर नै खानेपानीको अभाव बढेको छ । जिल्लाका सबैजसो नगर तथा गाउँपालिकामा खानेपानीको समस्या बढ्दै गएको हो । २०७२ को भूकम्पपछि पानीको मुहान सुकेको र भएका मुहानहरू पनि यसवर्ष लामो समयको खडेरीले सुकेसँगै धारामा पानी आउन छाडेको रामपुरका स्थानीय भिष्मराज दाहालले बताए । ‘खानेपानीको साह्रै समस्या भयो’ पानी थाप्न लाइन गाग्री बोकेर बसेकाहरुलाई देखाउँदै दाहालले ठट्यौली गर्दै भने ‘जलश्रोतमा धनी हो कि हाम्रो देश गाग्रीमा धनी हो।’ उनका अनुसार १ गाग्री पानी भर्न घण्टौँ लाइनमा बस्नुपर्ने मोलुङ गाउँपालिका २ रामपुरका स्थानीयको बाध्यता छ ।

जिल्लाको चम्पादेवी गाउँपालिकामा पर्ने साबिकको पलापु गाविसमा पनि पानीको चरम अभाव छ । ‘घरमा एक जनाको काम नै पानी थाप्ने हो हाम्रो त’ स्थानीय सुन्तलीमाया भन्छिन् ‘बिहान जुरुक्क उठेर पँधेरामा गयो फर्किँदा भात खाने बेलाहुन्छ, फेरि बेलुकालाई पानीको जोहो गर्न लाग्नुपर्छ ।’ सुन्तलीमाया जस्तै स्थानीय दर्जनाँै घरपरिवारको समस्या उस्तै छ ।

सदरमुकाम सहित जिल्लाका सबैजसो स्थानमा खानेपानीको समस्या बढ्दै गएको छ । सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याँ गाउँपालिका, सुनकोशी गाउँपालिका र चम्पादेवी गाउँपालिका र मोलुङ गाउँपालिकामा खानेपानीको बढी समस्या छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते