राष्ट्र बैंकले दियो बैंकहरुलाई तीन दिने अल्टिमेटम

Share it with you friends

काठमाडौं–नेपाल राष्ट्र  बैंकले वाणिज्य बैंक जान  नमानेका ११२  स्थानीय तहमा पुग्ने प्रतिबद्धता सहितको पत्र बुझाउन दिन ३ दिनको समय दिएको छ ।

मंगलबार विभिन्न बैंकहरुलाई निर्देशन दिँदै राष्ट्र बैंकले वाणिज्य बैंक नपुगेका स्थानीय तहमा जान चाहेको पत्र सहित आउन भनेको राष्ट्र बैंकको एक अधिकारीले बताए ।  ती अधिकारीले भने, ‘हामीले बिहिबार सम्मको समय दिएर प्रतिबद्धता जनाउन भनेका छौ ।’

पुर्वाधारको विकास नभएको, सडक र विजुलीको असुविधा तथा सुरक्षामा खतरा भएको भन्दै बैंकहरु जान मानिरहेका छैनन्  । बैंकहरु जहाँ सरकार पुगेको छैन त्यस्तो ठाउँमा बंैकहरु पुग्न नसक्ने भन्दै  आएका छन् । तर, सरकार भने जसरी पनि  चालु आर्थिक वर्ष २०७४÷७५ भित्र सबै स्थानीय तहमा बाणिज्य बैंक पुर्याउने  लक्ष्यमा  छ ।

आठ महिनामा  (फागुन सम्ममा) ७५३ स्थानीय तहमध्ये ३९४ स्थानीय तहमा मात्र बाणिज्य बैंक पुगेको छ । २४३ स्थानीय तहमा यहि वर्ष भित्र पुग्ने प्रतिबद्धता आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकी ११२ स्थानीय तहमा भने कुनै प्रतिबद्धता आएको छैन ।  तर, राष्ट्र बैंकले भर्खरमात्र सार्वजनिक गरेको सात महिनाको प्रतिवेदनले भने ३७४ स्थानीय तहमा मात्र बाणिज्य बैंक पुगिसकेको जनाएको छ ।  जस अन्र्तगत प्रदेश नं. १ मा ७१, प्रदेश २ मा ६३, प्रदेश ३ मा ७१, प्रदेश ४ मा ४५, प्रदेश ५ मा ६६, प्रदेश ६ मा २५ र प्रदेश ७ मा २५  स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको देखिन्छ ।

सबै स्थानीय तहमा बाणिज्य बैंक जान नमानेपछि मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा मार्फत पनि  राष्ट्र  बैंकले बैंकहरुको शाखा विस्तारमा कडाइको नीति लिएको छ । केन्द्रिय बैंकले कम्तिमा २ स्थानीय तहमा शाखा विस्तार गरेपछि मात्र काठमाडौं र ललितपुरमा  शाखा खोल्न पाउँने प्रावधान ल्याएको छ ।    राष्ट्र बैंकले हरेक वाणिज्य बैंकलाई कम्तिमा १६ स्थानीय तहमा जान निर्देशन दिएको थियो । चालु आवको बजेटले पनि प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था गरेको छ ।

बजेट कार्यान्वयनकै लागि भएपनि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा चाहिन्छ । वाणिज्य बैंकमा मात्र सरकारले सञ्चिती खाता खोल्न पाउने व्यवस्था छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते