लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य : टेप्लिज

Share it with you friends

खजुरा, बाँके, २ जेठ : नेपालका लागि अमेरिकी राजदूत अलाइना वि टेप्लिजले सुक्ष्म लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य भएको बताउनुभएको छ ।

अमेरिकी राजदूतावासको आयोजनामा आज नेपालगन्जमा भएको गोलमेच छलफलमा उहाँले भन्नुभयो, “पारस्परिक जवाफदेहीता स्थापना गर्न तथा सरकार र नागरिक सामाजबीच विश्वासको वातावरण निमार्ण गर्न खुल्ला सरकार सहकार्य (ओजिपी) प्रमुख औजार तथा प्रक्रिया रहेको छ ।”

राजदूत टेप्लिजले यस प्रक्रियामा सरकार र नागरिक सामाजसँगै मिलेर कार्य गरेमा नेपालमा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै “यो एउटा न्यूनतम व्यवहार हो, यसले सरकारलाई प्रर्वद्धन गर्छ,” भन्नुभयो ।

सो अवसरमा युएसएआइडी भ्रष्टाचार निवारण तथा सुशासन कार्यक्रमका वरिष्ठ सल्लाहकार तथा ओजिपीका सञ्चालक समिति सदस्य भिक्टोरिया आयरले ओजिपीको अवधारणा, प्रयोग, अवस्था, फाइदा र बाहिरी देशहरुमा भइरहेको अभ्यासलगायत विषयमा प्रस्तुतीकरण गर्दै नेपाल यसको सदस्य बन्न लायक रहेको बताउनुभयो ।

उहाँले संस्थापक आठ मुलुकबाट शुरु भई अहिलेसम्म ओजिपीमा ७५ वटा देश सदस्य रहेको उल्लेख गर्दै नेपाल पनि सदस्य बन्न आधारभूत मापदण्ड पूरा गरेको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको सुशासनका लागि यो प्रक्रिया निकै महत्वपूर्ण रहेको चर्चा गर्दै यसको प्रयोगको अभ्यास शुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकलाई खुल्लापनाका लागि हामीले एप्स निमार्ण गरेका छौँ, यसले मद्दत गर्छ ।”  यसैबीच, राजदूत टेप्लिजले बर्दियाको भेरी–बबई डाइभर्सन सुरुङको आवलोकन समेत गर्नुभयो । (रासस)

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते