विवाह खर्च कटाएर नविना लामाले विरामीलाई गरिन, एक लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ सहयोग
काठमाडौं, १३ वैशाख । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले विवाह खर्च कटाएर विरामीको उपचारका लागि सहयोग गरेकी छिन् ।
उनले मिर्गौला फेल भई वीर अस्पतालमा उपचार गराइरहेका अनेरास्ववियु पाल्पाका अध्यक्ष प्रेम बगालेलाई आर्थिक सहयोग गरेकी हुन् ।
२५ वर्षिय बगालेलाई लामाले एक लाख एकाउन्न हजार एक सय एघार रुपैयाँको नेपाल ईन्भेष्टमेन्ट बैंकको चेक हस्तान्तरण गरेकी हुन् ।

नेकपा एमालेकी सांसद समेत रहेकी लामाले लामो समयदेखि प्रेम सम्बन्धलाई विहीबार विवाहमा परिणत गरेकी हुन् ।
उनको विवाहमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, पूर्वमन्त्रीहरू, राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा युवा विद्यार्थीको बाक्लो उपस्थिति थियो ।
यस अघि लामाले विवाहका लागि धेरै खर्च गर्न लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
