शारजाहमा राजस्थानको जोर चलेन, दिल्लीसँग ४६ रनले पराजित

Share it with you friends

काठमाडौं, २४ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । प्रतियोगितामा पाँचौं जीत निकाल्‍ने गर्ने क्रममा उसले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्‍यो ।

शारजाहमा दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ४ ओभरमा १३८ रनमै समेटिएको थियो । राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक ३८ रन बनाए । त्यसैगरी ओपनर यशश्‍वी जैसवालले ३४ तथा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । राजस्थानलाई लक्ष्यअगावै समेट्न दिल्लीका कगिसो रबाडाले ३ विकेट लिए भने रविचन्द्रन आश्‍विन र मार्कस स्टोइनिसले २ २ तथा एनरिच नोर्त्जे अक्षर पटेल र हर्शल पटेलले १ १ विकेट लिए ।
यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो । दिल्लीका शिम्रोन हेटमायरले सर्वाधिक ४५ रन बनाए भने मार्कस स्टोइनिसले ३९ रनको योगदान दिए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए भने कार्तिक त्यागी, एन्ड्रयु टाइ र राहुल तेवातियाले १-१ विकेट लिए । दिल्लीका २ ब्याट्सम्यान रनआउट भएका थिए ।

जीतसँगै ६ खेलबाट १० अंक बटुलेको दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ । समान खेलबाट ४ अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते