श्री गणेश भिम्सेन शरस्वती को मन्दिरमा जात्रा सम्पन्न

Share it with you friends

थाक्रे केवलपुर ०२ मंसिर,२०७६ – धादिङको थाक्रे गाउँपालिका ९ पण्डितपौवामा रहेको श्री गणेश भिमसेन शरस्वती को मन्दिरमा जात्रा सम्पन्न भएको छ । विक्रम सँवत १८८० सालमा स्थापना भएको मन्दिरमा हरेक वर्षको मँसिर पुर्णिामा को कृष्णपक्षको तृतीया तिथीका दिन बेलुका र चर्तुदशीको दिन दिउँसोको समयमा रथ सहित को विशेष मेला लाग्ने गर्दछ । मन्दिरको गुठीयार अर्थात नेवार हरुको अगुवाईमा हुने जात्राको स्थानिय स्तरमा विशेष महत्व रहेको छ। उक्त जात्रामा गाउपालिका का अध्यक्ष रामकुमार आचार्य ले गणेश भिम्सेन र सरसवती लाई विशेष पुजा गर्नु भएको थियो।जात्रामा उपाध्यक्ष अम्बिका रुपाखेती वडा नम्बर ९ का वडा अध्यक्ष दिल बहादुर भुजेल र वडानम्बर १० का वडा अध्यक्ष गोकुल लामिछाने ले पनि रथ सिदुरे जात्रा खेल्नु भएको थियो

।दिउँसो को जात्रामा उपस्थित रहेको गुठियार हरुले यक आपसमा सिदुर दलेर नेवारी वाजा र पन्चे  बाजा को साथै मादल बजाइ विभिन्न दोहोरी गित हरु गाएर रमाइलो गर्ने गर्दछन। तेस्को साथै बेलुका पुन: अगिल्लो दिनको जसरी देउताको मुकुट लाई रथमा राखी पुजारिको घारमा रहेको देवलमा भित्राइने छ ।उक्त जात्रा सकि सकेपछि भोलि पल्ट गुठियार हरुले गुठिको भोज खाएर जात्रा सम्पन्न गर्ने गर्दछन। यसैबिच तेउता राख्ने देवल २०७२ साल बैसाख १२ गते आएको भुकम्प ले देवल चर्काएपछी जिर्ण भएको देवल लाई गुठियार स्थानिय को श्रम दान र गाउपालिका, स्थानीय मिसन डँगोल  सहयोग गर्नु  को  साथै   विभिन्न ठाउबाट अनुदान ले उक्त देवल निर्माण गरिएको हो। भने मन्दिर मा छानो नभएको ले स्थानिय सुर्यमान डँगोल र लक्ष्मी श्रेष्ठले मन्दिरमा छानो लगाउन को लागि सहयोग गर्नुभएको थियो । जात्राको अवसरमा धादिङको विभिन्न स्थान सहित नुवाकोट, काठमाण्डौँ लगायतका स्थानबाट भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते