श्री तसर्पु सानाकिसान कृषि सहकारीको साधारण सभा

Share it with you friends

राजाराम डंगोल, तसर्पु

श्री तसर्पु सानाकिसान कृषि सहकारी संस्था लिमिटेड थाक्रे ४ तसर्पुको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सनिबार भएको साधारण सभामा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती, थाक्रे गाउँपालिका भर रहेका सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा प्रवन्धक हरुको सहाभागीता रहेको थियो ।

साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार २०७८ असार मसान्त सम्ममा संस्थाको कुन नाफा रकम २६ लाख ९२ हजार रहेको छ भने संस्थामा ८ सय ५९ जना सेयर सदस्यहरु रहेका छन् ।

बार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा आफ्नो भनाई राख्नुहुदै थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले पालिकामा सानाकिसान सहकारीले कृषि विकास र समाज रुपान्तरणमा अग्रणी भुमिका निर्वाह गरेको भन्दै समतामुलक समाज निर्माणमा सहकारीले अझै योगदान गर्न सक्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि एवं थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले महिला सशक्तिकरणमा सहकारीको भुमिकाको प्रसंसा गर्नुभयो ।

कार्यक्रममा थाक्रे गाउँपालिकाका विभिन्न सानाकिसान कृषि सहकारीका अध्यक्षहरुले संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागि सदस्य, अतिथि, प्रमुख अतिथि लाई कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुभएकोमा धन्यवाद दिदै संस्थाका अध्यक्ष राधिका सापकोटाले संस्थामा आवद्ध कृषिकहरुको हितको लागि विभिन्न आर्थिक र सामाजिक सामुदायिक कृयाकलाप सञ्चालन गर्दै आईरहेको कुरा जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा पनि साविकको तसर्पु गा वि स, हालको थाक्रे गाउँपालिका वडा नं ४ र ५ का सम्र्पूण कृषकहरुलाई सहकारीमा आवद्ध गर्न प्रयास गरिने बताउनु भयो ।

 

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते