सकारात्मक सोचः समृद्ध नेपालको आधार

Share it with you friends

महान बैज्ञानीक अल्वर्ट आन्टाइले भन्नु भएको छ हामीले संसारलाइ जसरी वुझेका छौ त्यसको आधार भनेको हाम्रो सोचाइको प्रकृया हो, जव सम्म हामीले सोचाइ वदल्न सक्दैनौ तव सम्म हामीले नयाँ संसार प्राप्त गर्न सक्दैनौ । संसारका सबै समृद्धताहरु मानव निर्मित हुन । मानिसले आफुसँग भएको ज्ञान, सिप, योग्यता, दक्षता र क्षमताको अधिकतम सदुपयोग गर्न सक्यो भने अकल्पनीय सकारात्मक रुपान्तरण गर्न सक्दो रहेछ । यस्ता रुपान्तरणहरु व्यक्ति स्वयम्, परिवार, समाज र सिंगो देशमा नै हुन सक्दा रहेछन । अचम्मको कुरा के छ भने करिव करिव सँगै अस्तित्वमा आएका वा भनौ नेपाल भन्दा कयौ वर्ष पछि अस्तित्वमा आएका, श्रोत र साधन अत्यन्तै कम भएका देशहरु कसरी एका एक समृद्ध राष्टको सूचिमा परे ? हामी विश्व कै दोश्रो जल श्रोतको संभावना भएको देश, प्रचुर मात्रामा पर्यटकीय संभावना भएको देश, देशको आकार अनुसार प्रयाप्त जनसंख्या भएको देश, जति काम गर्दा पनि नथाक्ने जनताहरु भएको देश, संसारकै उदयीमान शक्तीहरुको विचमा अवस्थीत देश जो सँग समृद्ध राष्टको सूचिमा पर्न मात्रै हैन की संसार कै सबै भन्दा धनी राष्ट हुन सक्ने प्रशस्त आधारहरु छन, तर पनि हाम्रो गन्ती किन अति कम विकसीत राष्टको रुपमा भइरहेको छ ? आज संसारमा समृद्धीको होड भइरहेको अवस्थामा अहिले कै गतिमा हाम्रो बिकासको गति रहिरहयो भने आगामी कति वर्षमा हाम्रो स्थान के कस्तो हुन्छ होला ? कसरी हाम्रो देश समृद्ध देशको रुपमा रुपान्तरण हुन सक्दछ ?

सन १९६५ अगस्टको ९ तारिखका दिन सिंगापुर मलेशीयावाट अलग भएर स्वतन्त्र भएको हो ।त्यस अवस्थामा सिंगापुरको अगाडी बेरोजगारी, आवासको अभाव, प्राकृतिक श्रोत को अभाव निकै सानो भुगोल, जातीय दंगा जस्ता यावत समस्याहरु थिए । तर सन १९७० कै दशकको शुरुवातीमै सिंगापुर उत्पादन मुलक कम्पनीहरुको स्थापना, वृहत रुपमा प्राविधीक शिक्षामा लगानी, वृहत रुपमा आवासहरु निर्माणमा लगानी गरी आधुनिकरण तर्फ अगाडी वढ्यो र सन् १९९० मा आइपुग्दा सिंगापुर संसार कै एक बिकसीत देशको रुपमा स्थापीत हुन पुग्यो । सन् १९९० देखी नै सिंगापुरले उच्च आधुनिक प्रविधी अपनाउदै आएको छ । सन् १९६५ मा स्वतन्त्र हुदा सिंगापुरको प्रति व्यक्ति आय जम्मा ३२० अमेरीकी डलर थियो भने सन् १९९० सम्म आइपुग्दा यो वढेर ४६,००० अमेरीकि डलर थियो र यो विश्वको विकसित देशको रुपमा सूचिकृत भैसकेको थियो । हाल सम्म आइपुग्दा विश्वको तेस्रो धेरै प्रतिव्यक्ति आय ८६,००० अमेरीकी डलर छ । यो विश्वको कम भ्रष्टचारहुने देशहरुमा ७ औ स्थानमा र संसारकै थोरै कर भएको देशमध्येमा पर्दछ । शित युद्धको चरम द्धन्द्धकालिन अवस्था, आन्तरीक कलह, जातीय समस्या, वेरोजगारी, प्राकृतिक श्रोत र साधनको अभाव, अनिश्चित भविष्य जस्तो अवस्थामा स्वतन्त्रता प्राप्त गरेको सिंगापुरका अगाडी भविष्यका लागि धेरै चुनौतिहरु र थोरै अवसरहरु थिए । करिव ४० लाखको हाराहारीमा जनसंख्या भएको जम्मा ६३७.५ वर्गकिलोमिटर क्षेत्रफल भएको यस नयाँ देशले के कसरी त्यत्रो विकास गर्न सक्यो ? के सिंगापुरले गरको विकासवाट नेपालले पनि सिक्न आवश्यक छ ? के नेपाली जनता वा राजनीतिज्ञहरुले पनि सिंगापुर जस्तै नेपाल बिकसीत हुन्छ भनेर सोच्न सक्लान ? सिंगापुरलाइ विकसित वनाउन निश्चितरुपमा सवै जनताको योगदान होला तर आन्तरीक कलह र जातीय दंगा जस्ता कुराहरुमा रुमलिएका जनताहरुलाइ विकासको मुल प्रवाहमा ल्याएर रचनात्मक कार्यमा लगाएर देश र जनताको भाग्य सिर्जना गर्ने कार्यको नेतृत्व यसका सस्थापक राष्टपति श्री लि क्वान यूले गर्नु भयो । सबैले दरिद्री, द्धन्द्ध र समस्याग्रस्त देखेको सिंगापुरलाई वहाँले समृद्ध, सम्पन्न, समुन्नत सिंगापुर देख्नु भयो । वहाँले सिंगापरका सवल पक्ष र सिंगापुरे जनताको सवल पक्षहरुले पार्न सक्ने सकारात्मक रुपान्तरणको परिकल्पना गर्नु भयो र तदनुरुप नै आफ्ना नीति र रणनीतिहरु तय गर्नु भयो । सन् १९६५ मा शुरु गर्नुभएका अभियानहरुले सन् १९७० को दशकमै परिणाम दिन थालिसकेका थिए । समकालिन अन्य नेताहरु र वहाँमा सोच्ने तरीका, हेर्ने तरीका, भविष्यलाइ परिभाषित गरेर वर्तमानमा रणनीति वनाउने तरीकामा मात्रै फरक थियो र यही फरक तरीकाले गर्दा नै सिंगापुरलाइ संसारवाट नै फरक वनाइदियो र छोटो समयमा नै अविकसीत देशको सूचिबाट अति विकसित देशको श्रेणीमा सूचिकृत भयो । वहाँले सिंगापर र सिंगापुरे जनताको सवल पक्षहरुको पहिचान गर्नु भयो र भरपर्दो गठवन्धन वनाउनु भयो र सबै जनतालाइ आफना सवलपक्षहरु प्रष्फुट गर्न उत्प्रेरीत गर्नु भयो । वहाँले उत्प्रेरणा जगाउनु भयो जनताले वेल्चा र गैची चलाए । वहाँले खुलापन र उदार अर्थतन्त्रको नीति ल्याउनु भयो विदेशीहरु प्रविधी र पैसा वोकेर आए ।

जतिवेला अहिले जस्तो सूचना तथा प्रविधीको विकास भएको थिएन, संसार यति सारो खुला भएको थिएन त्यस्तो वेलामा त २५ वर्षमा सिंगापुरमा चमत्कारीक बिकास भयो भने आजको सूचना प्रविधी र सम्वन्धको सञ्जालले भरिएको यस विश्वमा दुइ विशाल छिमेकीको विचमा अवस्थित श्रोत, साधन, जनसंख्या, प्रविधीले भरिपूर्ण वर्तमान नेपालले साहसी र दृढ निश्चयी नेतृत्व पायो भने आगामी ५ वर्षमा चमत्कारीक विकास गर्ने हैसियत राख्दछ । सिंगापुर र मलेशीयाको अनुभववाट सिक्ने हो भने देशलाइ विकास गर्न श्रोत र साधन होइन सकारात्मक र भविष्यकेन्द्रित सोचको आवश्यकता हुदोरहेछ । सोच भनेको माता हो भने श्रोत र साधन त वालवच्चाहरु हुन । यदि माता स्वस्थ्य र सचेत छीन भने वालवालीकाहरु पनि सक्षम र सत मार्गमा हिडन सक्दछन । चाहना र प्रतिवद्धता सहितको सकारात्मक सोचले सकारात्मक रुपान्तरण ल्याउदछ । खाली चाहना मात्रै पवित्र राख्ने तर काम चाही पुरानै शैलीले गर्ने हो भने त्यो चाही पागलपन हो । विकासका ठुला कुरा गर्ने तर सरकारी सेवा र सुविधा आफ्ना कार्यकर्ताहरु र नातेदारकै लागि खर्चिने प्रवृत्तिले भने बिकास गर्न सक्दैन । अन्लवर्ट आन्सटाइन भन्नुहुन्छ फरक परिणामको आश राखेरे पटक पटक त्यही काम गर्नु पागलपन हो । पागलपनले देशमा रुपान्तरण संभव हुदैन ।

नेतृत्वको सोच्ने कला, शैली र कार्यशैलीले सिंगो समाजलाइ दिशा निर्देशीत गर्दछ । नेतृत्वमा वसेर सधै नकारात्मक सोच र नकारात्मक कार्यलाइ प्रोत्साहीत गर्दा सिंगो देशमा नै नैराश्यता र कलह पैदा हुन्छ । नेतृत्व आफैले शारीरीक काम गर्ने होइन, केपी,माधव, शेरवहादुर, वावुराम, प्रचण्ड वा रामचन्द्रले घर वनाएर वा वाटो खनेर देश बिकास हुँदैन । देश विकास हुन त वहाँहरुमा भविष्य केन्द्रित सकारात्मक सोच, भविष्यको दृष्टिकोण र सबै देशवासीहरुलाई उत्प्रेरीत गर्न सक्ने विचार हुनु पर्दछ । काम गर्न त हामी लक्का जवान छदै छौ । अहिले हाम्रो नेतृत्व अगाडी इतिहासले एउटा अवसर दिएको छ । पक्कै पनि यस अवसरलाइ सबै नेतृत्वले सदुपयोग गर्न सक्नुहुदैन तर जो आफुलाइ फरक र उदाहरणीय नेतृत्वको रुपमा पेश गर्न चाहानु हुन्छ वहाँहरुको लागि यो उत्तम अवसर हो । हाम्रा कतिपय नेताहरुले योगदान भन्ने कुरा पद र शक्तिवाट मात्रै संभव छ भन्ने सोचवाट निर्देशीत हुनुहुन्छ भने कतिपयलाइ पद र शक्ति भए पछि वुद्धि आफै आइहाल्छ भन्ने पनि छ तर ती सबै कुरा गलत हुन । माहात्म गान्धीले पद विना पनि समाजलाइ सकारात्मक दिशाम डो¥याउन सफल हुनु भएको थियो । शक्ति भनेको प्राविधीक कुरा हो र त्यो प्राप्त गर्न तारताम्य मिलाउनु पर्दछ । कहिले काही यो प्रकृया ढिलो र असंभव पनि हुन सक्छ तर पनि नेतृत्वले उत्प्रेरणा वाडने काम नियमित, सहज र छरितो तवरले गर्नु पर्दछ । निश्चित रुपमा आफु कुनै पार्टीवाट राजनीति गरेको भए पनि उत्प्रेरीत नेतृत्व साझा र कुनै पनि आग्रह वा पुर्वाग्रह भन्दा माथी हुन सक्नु पर्दछ लि क्वान वा माथिर झै । समाज, देश र मानवता प्रति समर्पित हुन पर्दछ । वास्तवमा यो आफैमा सगरमाथा भन्दा पनि गह्रुंगो र माहान हुन्छ ।

सत्ताको खेल खेलेर प्रधानमन्त्रि वा मन्त्रिको पदका आशक्तिहरुसँग यति माहान प्रकारको नेतृत्वको आश गर्न सकिदैन किनकी यसको लागि धेरै वर्ष जेल वा भुमिगत वस्ने भन्दा पनि हजारौ गुणा वढी साहस चाहिन्छ । उच्च त्याग र सर्मपर्ण वा आफ्नो विचार भन्दा ठीक विपरीत विचार राख्नेलाइ पनि स्विकार गर्न सक्ने क्षमता चाहिन्छ, निषेध हैन स्विकारोत्ती चाहिन्छ, प्राप्ती हैन त्याग र समर्पणको भावना चाहीन्छ । चाहना मात्रै हैन दृष्टिकोण सहितको प्रविवद्धता चाहिन्छ । अव तेरो पालो पुग्यो मेरो पालो आयो भन्ने भावना हैन म यसको लागि सक्षम छु र मेरो योग्यता र क्षमताले यो गर्न सक्छु भन्ने साहस र हिम्मत चाहिन्छ । जीवन, राजनीति र प्राप्तीलाइ फरक तरिकाले सोच्न सक्ने कला र हिम्मत चाहिन्छ । उच्च कल्पनशिलता, ज्ञान र सिप चाहिन्छ ।

आशा गरौ २५० वर्ष देखी गरीवी, अभाव, विभेद र अन्यायमा पिल्सीरहेका जनताहरुलाइ समृद्ध र उच्च स्तरको जीवन शैली प्रदान गर्न महा विनासकारी विपत्ती, अमानवीय नाकावन्दी असह्य पिडा पश्चात फेरी सरकार गिराउने र वनाउने घृणित खेलहरु हाम्रा शर्ष नेताहरुले खेल्ने छैनन र पुननिर्माण र आर्थिक बिकासका कृयाकलापहरुलाई तिव्रता दिएर जनतामा आसा र भरोसा जगाउनेछन । यही आशाको जगमा वसेर नेपाली राजनीतिक शिर्ष नेतृत्वले ऐतिहासिक र क्रान्तिकारी निर्णय गरेर आर्थिक बिकासका अभियानहरुलाई तिव्रता दिदै युवा पुस्तालाई महत्वपुर्ण जिम्मेवारी दिने र नयाँ जिम्मेवारी पाउनेहरुले ३५ वर्षमा प्रधानमन्त्रिको जिम्मेवारी सम्हालेर नयाँ सिंगापुर वनाउने अभियान रचेका लि क्वानले झै नयाँ नेपाल वनाउने साहस देखाउन सके भने यो राजनीतिक पुस्ताले नेपाल र नेपालीलाइ दिएको इतिहासकै सबै भन्दा अमुल्य उपाहार हुनेछ । यस पुस्तालाइ नेपालका सन्ततीहरुले सधै सधै गर्वका साथ संझिरहने छन । रोजाइ वहाहरुकै हो । सत्ताको खेललाइ नियमित वनाएर आसे पासे र धुपौरेहरुको चाकरी गराउने की सत्तालाइ पवित्र मन्दिर वनाएर करोडौ नेपालीको च¥याइरहेका आँतमा समृद्धिको मल्हम लगाउने अग्रगामी नेतृत्व दायी भुमिका खेल्ने ? केवल सोचमा परिवर्तन गरेर उत्तर खोजेमा सही उत्तर प्राप्त हुन्छ । त्यसकारण रोजाई अव शिर्ष नेताहरु कै हो । नेतृत्वमा अलिकति नयाँ र सकारात्मक सोचको विकास भएमा देशले बिकासको तिव्र गति लिन्छ भन्ने कुरामा विश्वास जागोस, यही शुभकामना छ ।

(लेखक  सामुदायिक रेडियो प्रसारक संघमा, कार्यकारी निर्देशक हुनुहुन्छ ।)

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते