समयमा डाक्टर नआएको भन्दै बिरामीद्धारा अस्पताल तोडफोड

Share it with you friends

२७ असोज २०७६, सोमबार ।

अस्पतालका चिकित्सक अबेर सम्म पनि डियुटीमा नआएको भन्दै विरामीका आफन्त र केही विद्यार्थीले सोमबार सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड गरेका छन् । विद्यार्थीको निरन्तर प्रदर्शनको कारण दिउसो २ बजे देखि अस्पताल परिषर तनावग्रस्त बनेको छ । अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा.प्रनेश यादव दिउसो २ बजे सम्म नआउँदा आक्रोसित बनेका स्वास्थ्य जाँच गराउन आएका विरामीका आफन्त तथा केही विद्यार्थीहरु मिलेर नाराबाजी गर्दै तोडफोड सुरु गरेका थिए ।

तोडफोडबाट डा. झा र डा. यादव विरामी जाँच्न बस्ने कोठाको झयाल, ढोका, कुर्सी र टेबुल लगायतका सर सामानमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको छ ।

प्रदर्शन र तोडफोडमा उत्रेका उनीहरुले अबेर सम्म डा. झा र यादव अनुपस्थित रहँदा टाढा टाढाबाट जचाउँन आएका विरामीहरुलाई समस्या भएको र अस्पताल प्रशासनले पनि वेवास्था गरेको गुनासो गरेका छन् ।

अस्पताल प्रशासनले भने डा. झा विदामा रहेको र अर्का डा. यादव सो समयमा ईमेरजेन्सिमा एक विरामीको उपचारमा संलग्न रहेको प्रष्ट पारेका छन् । स्थिति तनाबग्रस्त बन्दै गएपछि अहिले अस्पताल परिषरमा व्यापकमा सुरक्षाकर्मी परिचालन गरी स्थिति साम्य पार्ने प्रयास भईरहेको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 12 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 12 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 21 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते