सय वर्ष पुरानो ढुंगे पुल

Share it with you friends

हेटौंडा — एउटा पक्की पुलको आयु मुस्किलले ३० वर्ष होला ? तर, मकवानपुरको उत्तरी क्षेत्रको एउटा ढुंगेपुल (साँघु) सय वर्षभन्दा बढी टिकेको छ ।

अहिले पनि सोही पुल भएर स्थानीय ओहोरदोहोर गर्छन् । थाहा नगरपालिका–९ नयाँ पौवास्थित खोलामा विसं १९५० तिर १० मिटर लम्बाइ र साढे १ मिटर चौडा ढुंगेसाँघु हालिएको स्थानीय बुद्धरत्न मानन्धर बताउँछन् ।
चित्लाङस्थित चन्द्रागिरी पाखाबाट ठूलो ढुंगालाई छिनालेर ताछेर साँघुको आकार दिइएको थियो । ‘महिनौं लगाएर साँघुको आकारमा ढुंगा कुँदेपछि पौवा खोलामा ल्याएर हालिएको थियो,’ स्थानीय ७९ वर्षीय बाबुकाजी मानन्धरले भने, ‘मैले पनि साँघु हालेको देखेको होइन, बाआमाले भनेको सुनेको हुँ, सानैदेखि यो साँघु देखेकै छु ।’
करिब १ सय २४ वर्ष अघिदेखि सञ्चालनमा आएको यो साँघुको कसैले मर्मत पनि गर्नुपरेको छैन र जोखिम पनि मोल्नु परेको छैन । त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि राजधानी आवतजावत गर्ने मुख्य प्रवेशद्वारको रूपमा चित्लाङ–चन्द्रागिरी थियो । यो मार्गबाट आउजाउ गर्ने सबैले यही साँघु प्रयोग गर्नुपर्थ्यो । चित्लाङ अहिले पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको छ । यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटक ढुंगाको यो साँघु देखेर अचम्मित हुन्छन् । सय वर्षअघि यो ढुंगेसाँघु हालेको जानकारी गराएपछि उनीहरू दंग पर्ने स्थानीय बताउँछन् ।
‘साँघु हाल्ने, बोकेर ल्याउने, ढुंगा ताछ्ने र फोर्ने अहिले कोही पनि जीवित छैनन्,’ ७३ वर्षीय कृष्णबहादुर लामाले भने, ‘मेरो बालगायत १०/१२ जनाले छिनाले ढुंगा ताछेर साँघु बनाएको सुनेको हुँ ।’ त्यसबेला अहिलेजस्तो ढलान गरी पक्की पुल बनाउन सिमेन्ट र रडको अभाव थियो । त्यतिबेला गाउँलेहरूले आफ्नै तरिकाले काठ र ढुंगाका साँघु बनाएर खोला वारपार गर्थे । काठको साँघु २ वर्ष पनि नटिक्ने भएकाले खोलामा ढुंगाको साँघु हाल्ने गरिन्थ्यो ।
‘यति लामो र पुरानो ढुंगाको साँघु मकवानपुरमै छैन,’ स्थानीय ७५ वर्षीय लेखक एवं साहित्यकार शान्तलाल नेवाले भने । चित्लाङ प्राकृतिक, धार्मिक र ऐतिहासिक वस्तुहरूले भरिभराउ छ । यो अहिले पर्यटकको गन्तव्य बनेको छ । चित्लाङमा १३ होमस्टे र ४ होटल सञ्चालनमा छन् ।
  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते