काठमाडाैं, २४ असोज । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निस्कर्षसविहीन भएपछि दुवैपक्ष आन्तरिक गृहकार्यमा लागेका छन् । शुक्रराती अबेरसम्म भएको वार्तामा सहमति हुन सकेन । सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता भंग भएको केसीपक्षको वार्ता टोलीका सदस्यको आरोप छ ।

सरकार र डाक्टर केसीपक्ष थप वार्ताको आन्तरिक गृहकार्यमा
वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले आज आन्तरिक छलफल गरेर वार्ता गर्ने की आन्दोलनमा जाने भन्ने निर्णय हुने बताए । सरकार पक्षले भने आज थप गृहकार्य गरेर वार्ता गर्ने बताएको छ । सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ । डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।
उनको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिए । उनको असामान्य धड्कन बढ्दै गएको छातीमा समस्या देखिएकाले उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डाक्टर केसी १९ औं पटक अनशनमा बसेको आज २७ दिन पुगेको छ ।
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply