काठमाडौं, चैत १६ – अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार नेपालको वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र सार्वजनिक गर्नुभएको छ ।
अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धि हात पार्न नसकिने अवस्था आएको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण रहेको र आर्थिक परिसूचक सकरात्मक नभएको भन्दै यसले समग्र नेपालको आर्थिक अवस्था नै कमजोर भएको बताउनुभयो ।
अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताउँदै उहाँले गैरबजेटरी खर्च नियन्त्रण हुन नसकेको बताउनुभयो ।
संघीयता कार्यान्वयनसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
व्यापार घाटा बढ्दै जानु, रेमिट्यान्स घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु, अर्थतन्त्र आयातमुखी हुनलगायतका कारण पनि नेपालको अर्थतन्त्रमा समस्या आएको उहाँले बताउनुभयो ।

सरकारको स्वेतपत्र भन्छ : सरकारी ढुकटी रित्तो
Related Posts
-
साना किसानको दैनिक ६० हजार लिटर दूध किन्दै डिडिसी
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र…
-
सकारात्मक सोच र व्यावहारिक ज्ञानका साथ अघि बढ्न युवाहरूलाई थाक्रेका अध्यक्षको आह्वान
धादिङ — अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा थाक्रे गाउँपालिकाका अध्यक्षले युवाहरूलाई रचनात्मक क्षमता अभिवृद्धि गर्दै देश…
-
थाक्रेमा LRP-43 को सामाजिक परीक्षण: पारदर्शिता, समावेशिता र दिगो स्थानीय विकासमा सरोकारवालाको जोड
थाक्रे (धादिङ) । एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालले धादिङको थाक्रे गाउँपालिकामा सञ्चालन गर्दै आएको…
-
साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…





Leave a Reply