देश विकास

विकास पत्रकारिता

सागर चम्कँदा दोस्रो खेलमा नेपाल विजयी

Share it with you friends

एसिसी यु १९ एसिया कपको तयारीमा रहेको नेपाली यु १९ क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित निकालेको छ । नेपालका लागि सागर ढकालले ५ विकेट लिँदा श्रीलंकाको बदुरालिया सिसी ८० रनले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । दोस्रो इनिङअघि खेल बर्षाले प्रभावित बनेपछि बदुरालियाले ३१ ओभरमा १ सय ६५ रनको लक्ष्य पाएको थियो । बदुरालिया केवल ८४ रन बनाउँदा नै अलआउट भएपछि नेपालको जित सम्भव भएको हो ।

नेपालका सागर ढकालले ५ ओभर १ बलमा १८ रन दिएर ५ विकेट लिए भने पवन सर्राफ र कमल सिंह ऐरीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

यसअघि नेपालका लागि रित गौतमले ७६ रन, हरि बहादुर चौहानले ५६ रन, सन्दीप जोराले २४, आशिफ शेखले १४ र भिम सार्कीले १० रन जोडेका थिए ।


पहिलो अभ्यास खेलमा नेपाल सिन्हालिज स्पोर्टस् क्लब यु २३ टिमसँग तीन विकेटले पराजित भएको थियो । नेपालले तेस्रो अभ्यास खेल शुक्रबार चिल्ल मारियन्ससँग खेल्नेछ । एसिसी यु १९ एसिया कप सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा नै आयोजना हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts